खाद्य व्यवसायमा सफल व्यवसायी बन्दै प्रमोद अग्रवाल
Friday, August 11th, 2023, 10:02 pm
Kalpristha
रजनी योगी
नेपालगन्ज, २५ साउन
नेपालगन्जको स्थापित व्यवसायीमा पर्छन् प्रमोद कुमार अग्रवाल । व्यवसायिक क्षेत्रमा लगनशील र कर्मठ व्यवसायीको छबी बनाएका अग्रवाल अहिले चुनावी मैदानमा छन् ।
आगामी भदौं २ गते हुन गईरहेको नेपालगन्ज उद्योग वाणिव्य संघको निर्वाचनमा उनले ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक व्यवसायी समुहबाट सदस्य पदका उम्मेदवारी दिएका छन । खाद्य व्यवसायी हुन अग्रवालको २०३६ सालदेखि व्यवसायिक यात्रा सुरु भएको हो । सुरुमा उनी ढुवानी सेवामा आबद्ध थिए । उक्त ढुवानी सेवा अहिले उनका दाजु प्रियोगी नारायण अग्रवालले संचालन गरिहरेका छन् भने उनी खाद्य व्यवसायतिर छन् ।
बुवा आत्माराम अग्रवाल र आमा सुशिलादेवि अग्रवालका चौंथो सन्तान हुन प्रमोद अग्रवाल । उनले २०६१ देखि खाद्यान्न व्यवसायी सुरु गरे । व्यवसाय गर्नु र व्यापारी बन्नु उनको पुख्र्यौली पेशा हो । उनका बाउ बाजे पनि व्यपारी नै थिए । त्यही देखेर उनलाई पनि व्यापारी बन्न ईच्छा जाग्यो । उनी आफ्नो खाद्य व्यवसाय संगै अन्य संघ संंस्थामा पनि क्रियाशिल छन् । नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका उपाध्यक्ष साथै योग समिती नेपालको आजिवन सदस्य तथा प्रशिक्षक पनि हुन ।
उनको व्यवसायमा उनकी श्रीमती सिमा अग्रवाल संगै छोरा लक्ष्यले पनि सहयोग गर्दै आएका छन् । साथै उनले ८ जना सहयोगी राखेर रोजगार पनि दिएका छन् ।
२०२४ सालमा जन्मिएका उनले महेन्द्र बहुमुखी क्याम्पसबाट बि.ए सम्मको अध्ययन पुरा गरेका छन् । खाद्य व्यवसायमा खुल्ला सिमा नाकाले आफु लगायत नेपालगन्ज क्षेत्रमा परेको असरले आजित भएका छन् ।
नेपालगन्जको कारकाँदोमा रहेको प्रमोद ट्रेडर्समा सम्पूर्ण खाद्यान्न पाउन सकिन्छ । उनी नेपालगन्जबाट लुम्बिनी सुदुरपश्चिम र कर्णाली प्रदेशका हुम्ला जुम्लासम्म पनि खाद्यान्न ढुवानी गर्दै आएका छन् ।