डोल्पाबाट ६ क्वीन्टल यार्सागुम्बा निकासी
Tuesday, August 15th, 2023, 8:51 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ३० साउन
गएको आर्थिक वर्ष २०७९÷०८० मा डोल्पावाट ६ क्वीन्टलको परिमाणमा बहुमुल्य जडिबुटी यार्सागुम्बा निकासी भएको छ ।
भण्डार क्षेत्रको रुपमा रहेको डोल्पावाट ६ क्वीन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे फोक्सुडो राष्ट्रिय निकुन्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

फोटो क्याप्सन–सुलिगाडस्थित शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय ।
शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा यार्सासंकलकबाट यार्सापाटनमा प्रवेश गरेवापतको शुल्कवाट छयासी लाख सत्तहतर हजार पाँचसय र दुईसय चालिस केजी यार्सागुम्बाको छोडपुर्जिवाट चौहत्तर लाख त्रिसठ्ठी हजार चारसय सत्तरी गरि एक करोड एकसठ्ठी लाख चालिस हजार नौसय सत्तरी रुपिंया राजश्व उठेको हो ।
त्यस्तै गरि डिभिजन वन कार्यालयवाट तिनसय त्रिचालिस केजी दुईसय पचपन्न ग्राम यार्सागुम्बाको छोडपुर्जि वापत एक करोड चौसठ्ठी लाख आठसय पन्चानब्बे रुपिंया उठेको छ । त्यस्तै सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडिबुटीको छोड–पुर्जिवाट छ लाख उनन्चालिस हजार पाँचसय पचपन्न गरेर कुल एक करोड बाह्र लाख असी हजार चारसय सठ्चालिस रुपिंया राजश्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिनु भयो ।
नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजश्व एकतिस हजार रुपिंया तोकेको छ ।