युवा पुस्तालाई व्यवसायमा आकर्षित गर्दै सन्तोष
Thursday, August 17th, 2023, 5:48 pm
Kalpristha
पछिल्लो समय युवाहरु जोस जाँगरका साथ व्यवसाय सुरु गर्छन तर केहि समयपछि सोचे जस्तो व्यापार नभएपछि पलाएन हुने अवस्था बढ्दो छ, यसलाई रोक्न सक्रिय भएर लाग्ने सन्तोष बताउँछन् ।
साबित्री विश्वकर्मा
नेपालगन्ज, ३२ साउन
युवा व्यवसायी सन्तोष कुमार पौडेलले आगामी शनिबार हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्यमा उम्मेवारी दिएका छन् ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको नेपालगन्ज नगर सचिव पौडेल अहिले मतदातामाझ मत माग्न व्यस्त छन् । आफनो क्षेत्रमा समस्या र ति समस्या समाधानका लागि कटिवद्ध रहेका सन्तोषले साझा प्रजातान्त्रिक व्यवसायी समुहबाट उम्मेदवारी दिएका हुन् ।
बाँकेका उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने लक्ष्य लिएका सन्तोषले व्यवसायीका साझा समस्यालाई निराकरण गर्ने अटोठ लिएका छन् ।
विगत २५ वर्ष देखि व्यवसायमा सक्रिय पौडेलको नेपालगन्ज घरबारीटोलमा सन्तोष फेन्सी हाउस रहेको छ । बर्दिया बढैयाताल गाउँपालिका सितापुरमा जन्मिएका उनी नेपालगन्जमा रही व्यवसाय गर्दै आएका छन् ।
होटल व्यवसाय समेत गरेका उनले साना तथा मझौला व्यवसायीहरुलाई समेत समानरुपले सम्बोधन गर्ने बताए । चुनाव जितेर गएका उम्मेदवारले व्यवसायीहरुका समस्या सम्बोधन गर्न नसकेको कारण पनि यस क्षेत्रमा थुप्रै समस्या बढदै गएको उनको भनाई छ । व्यवसायीको हक हितमा लाग्ने र ब्यापार ब्यवसायमा रहेका विविध समस्या समाधानका लागि आफु सक्रिय भएर लाग्ने उनी बताउँछन् ।
पछिल्लो समय सिमावर्ती क्षेत्रका कारण व्यवसायमा छाएको मन्दीलाई हटाउनको लागी अब आफुहरु जस्तो युवा पिढी लाग्नु पर्ने कुरामा मतदाताले समेत उत्साह दिएको उनको भनाई छ ।
देश भित्र व्यवसाय गर्ने वातावरण नभएका कारण नैराश्यता साथ विदेश पलायन भैरहेका युवा पिढीको सोचलाई परिवर्तन गर्नको लागि जिल्ला भित्र युवालाई व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पनि आफु जस्तो युवा नयाँ सोचका साथ उम्मेदवार भएको बताए ।
सन्तोष भन्छन, ‘पछिल्लो समय युवाहरु जोस जाँगरका साथ व्यवसाय सुरु गर्छन तर केहि समयपछि सोचे जस्तो व्यापार नभएपछि पलाएन हुने अवस्था बढ्दो छ, यसलाई बेलैमा रोक्न आवश्यक छ ।’
सन्तोष आफनो व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय भएर काम गरिरहेका युवा हुन् ।
नमुना ब्यापारी समुह नेपालगन्जको संस्थापक सदस्य हुँदै पुर्व सचिव, लायन्स क्लब अफ नेपलगन्ज सिनर्जीको पुर्व सचिव, जुमा स्पोर्टस् क्लबको संस्थापक सदस्य हुँदै उनी कोषाध्यक्ष समेत भए । यसैगरी रेडीमेट तथा ब्याग ब्यवसायी समितिको संस्थापक सदस्य हुँदै हाल बरिष्ठ उपाध्यक्ष लगायतका पदमा रही ब्यवसायमा अतुलनीय योगदान दिदैँ आएका सन्तोषले ।
यसरी आफ्नो व्यापार संगै विभिन्न संस्थामा रहि व्यवसायि व्यापारिको हक हितका लागि बोल्दै र काम गर्दै आएको कारण पनि उनलाई मतदान गर्न आवश्यक रहेको मतदाताहरुको भनाई रहेको छ । यसले थप उर्जा थपेको पौडेल बताउँछन् । व्यवसाय मात्र नभई सामाजिक कार्यमा समेत गर्ने गरेका उनी विभिन्न संघसंस्थाबाट सम्मानित समेत भैसकेका छन् ।