डोल्पामा कुलाम्मे देवतालाई तीर्थस्नान गराउने कार्य सम्पन्न
Wednesday, August 30th, 2023, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा , १३ भदौ
कुलाम्ह देवतालाक्षर्् विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र वनाई पुजाआजा गर्ने कार्य डोल्पामा सम्पन्न भएको छ । डोल्पाको प्रशिद्द मन्दिर गल्ली भवानी मष्टा, छल भवानी मष्टा त्रिपुराकोटमा रहेका बाविरो र धामाघाडी, लिकुको विजुल डाँडो,दुनैका गुप्त माता लगायतका देवीदेवतालाई तीर्थस्नान गराउने कार्य सम्पन्न भएको छ ।
तीर्थस्नानवाट आएका धामी झाँक्री सहित देवतालाई फुलमाला अविर टिकाले अर्र्छोपर्छो गरेर बाजागाजाका साथ स्थानीय बासिन्दाले घर भित्रयाएका छन । लिकुस्थित विजुल डाँडा देवतालाई स्थानीयले मुक्तिानथ पुर्याएर पवित्रस्थलको दर्शन तथा स्नान गराएर ल्याइएको छ ।
यस अघिका वर्षहरुमा नेपालको मुक्तिनाथ डोल्पाकै ब्यासरिसी जुम्लाको बुडु भारतको गयाजी, काशी, लगायतका पवित्र तीर्थस्थलहरुमा पुगेर देवताहरुलाई स्नान गराएर ल्याइने गरेकोमा यो पटक गल्ली भवानी मष्टा दुनैका गुप्तमातालाई जिल्लाकै ताम्राबर्णी नदिमा तीर्थस्नान गराएर ल्याइएको स्थानीय आकास उपाध्यायले जानकारी दिए ।
हरेक वर्ष झै यस वर्ष पनि हिमाली जिल्ला डोल्पामा धार्मिक पिठको रुपमा रहेका मठमन्दिरमा विराजमान गरिएका र घरमै मुर्तिस्थापना गरेर पुजा गर्दै आएका कुलाम्य देवताहरुलाई तीर्थ स्नान गराउनको लागि विभिन्न क्षेत्रमा रहेका पवित्र तीर्थ स्थलहरुमा लगिएको थियो ।
साउन महिना लाग्ना वित्तिकै मन्दिरका देवता तथा कुलाम्य देवताहरुको मुर्ति तथा पुजाआजा गरिदै आएका शालिग्रामहरुलाई बिशेष पुजाआजा र स्वागत गरि पवित्र देवस्थलहरुमा लगेर स्नान गरिने गरिन्छ । साउन महिना बर्षा र देवताको लागि पवित्र स्नानको समय मानिन्छ ।वर्षभरिमा पुजाआजा गर्दा अशुद्द भएमा र देवताको तेजोबध हुन गएको भएपनि पवित्रतीर्थ स्थलहरुको दर्शन तथा स्नान गराएमा शक्ति प्राप्तीका साथै तीर्थस्नानमा जाने धामी झाँक्री तथा भक्तजनहरुमा मोक्क्ष प्राप्ती हुने जनविश्वास रहेको गल्लीभवानी मष्टाका पुजारी नन्दसिं थापाले बताए ।
तीर्थस्थलमा जाँदा र फर्कदा फुलमाला अविर टिकाले धुपदिप गरेर पुजाआजाका साथ स्थानीयले स्वागत गरि भित्रयाइने गरिन्छ ।साउन पुर्णिमाको दिनलाई बिशेष दिनको रुपमा डोल्पालीले मनाउने गर्छन । एकादशी देखि त्रयोदशी हुदै पुर्णिमाको दिनमा डोल्पाका दैविक शक्तिपिठहरुमा धामीझाँक्री काम्ने नाच्ने गर्छन । उक्त समयमा धामी माथि देवता चढ्ने भएकाले बर्तमान भुत र भविश्यको बारेमा हेराउनको लागि दैविक शक्तिपीठहरुमा मानिसहरुको मेला लाग्ने गर्छ ।यत्तिखेर डोल्पाका ग्रामीण बस्तीहरु धुपदिपले बास्नादार बनेका छन भने फुलमाला र अविर टिकाले सजिएका छन् ।
देश विदेशमा रहेका र जागिरको शिलसिलामा जिल्ला बाहिर रहेकाहरु पनि कुलाम्यह देवताको तीर्थस्नान र पुजाआजाको लागि साउनमा घर फर्कने गरेको स्थानीय रविप्रसाद न्यौपानेले बताए ।