लोप हुँदै थारु लोकगीत
Saturday, September 2nd, 2023, 8:09 pm
Kalpristha
बितिसा चौधरी
नेपालगन्ज, १६ भदौ
थारु बस्तिमा बाह्रैमास सुनिने थारु लोक गीतहरु आज भोली बिरलै सुनिन्छन् । लोक गीतहरु युवा पुस्तामा पुस्तान्तरण हुन नसक्नुका कारण लोप हुँदै गएको दाबी गरिन्छ । बाँसगढी ९ निवासी लोक गायिका शोमती चौधरी थारु गीत हराउँदै गएकोमा चिन्तीत छिन् । गायिका चौधरीले सजना, मैना, अस्टीम्किहा, मघौटा गीत लगाएत करीब ३ दर्जन भन्दा बढी थारु लोक गीतहरु रेकर्ड गराइ सकेकीछिन् । पुराना भाकामा नयाँ बाजाहरु थपींदा त्यसमा नयाँ रौनक थपीने शोमतीको ठम्याइ छ । तर लोक गीतहरु दिन प्रतिदिन हराउँदै गएकोमा भने उनी चिन्तीत छिन् । गायीका चौधरीको बुझाईमा, लोक गित हराउनु भनेको गीत हराउनु मात्रै नभई थारुजातिको पहिचान पनि मेटाउँछ । किन भने गीत हराउननले जातिको इतिहासका साथै लय, सुर ताल सबै हराउँछ । त्यसैले उनको भनाई छ– कुनै पनि जातिको पहिचान जोगाउन लोक गीत पनि जोगाउनु पर्ने हुन्छ ।
गीतको माध्यमबाट जन मनको भावना व्यक्त हुनु नै लोक गीत मानिन्छ । लोक गीतमा सुख, दुख, हर्ष, बिस्मात, अनी मायाँ पीरतीका शव्दहरु भाका हालेर व्यक्त गर्ने गरिन्छ । जसका आफ्नै मौलिक लय हुन्छन् । जसलाइ थारु भाषामा ढरान भनिन्छ । गीतको लयका आधारमा बाजाका सुर र ताल मिलाइन्छ । थारु अग्रवको भनाई अनुसार, थारु समुदायमा ४ दर्जन भन्दा बढी गीतहरु छन् । मौसम, महीना, दिन र प्रहर अनुसार गीतहरु फेरिन्छन् । केही गीतहरु भने बाह्रै महीना गाउने पनि छन् । समय अनुसार गीत फेरिने भएकोले बेमौसमको गीत गायमा गलगाँड उठ्छ भन्ने जनबिश्वास छ, थारु समुदायमा ।
थारु लोक गीतमा ज्ञानगुनका कुरा
गीतहरुमा मायाँ पीरतीका साथै जीवन र जगतका बिषयमा गीतहरु सृजना गरिएका छन् । पृथ्बीको सृष्टी, खेतीपाती गर्ने, खाना बनाउने तरीका, सन्तान उत्पादन प्रकृया लगाएत बिभिन्न कथाहरुमा आधारित गीत रहेको लोक गीतका अनुसन्धानकर्ता एकराज चौधरीले बताए । चौधरीका अनुसार बिभिन्न देबी देवताहरुको गाथा समेटीएका मात्रै दर्जन भन्दा बढी गीत छन् । गुर्बाबा, महादेउ गवरी, राधा कृष्ण, राम सीताका गाथाहरु गीतमा समेटीएको उनको भनाई छ । जुन गीतहरुमा थारुहरुको इतिहाश समेटीएको छ । पृथ्बीको उत्पत्ती र जिव सृष्टीका बारेमा गुर्बाबक जल्मौटी, खेतीपाती गर्न सीकाउने, खाना बनाउने र मायाँ प्रेमको कुरा सखीया गीट, जडीबुटी सम्बन्धि ज्ञान फूलवार लगाएत गीतहरुमा गुनज्ञानका कुराहरु उल्लेख रहेको चौधरीले बताए । यसरी गीतमा धनी हुँदाहुँदै पनि थारु लोक गीत किन दुव्लाउँदै गएको छ त ? के थारु लोक गीत फेरि तङ्ग्रीएला ? पुराना शव्दहरुलाइ जोगाउँदै नयाँ संगित र बाजा थप्ने हो भने थारु लोक गीत अति सुन्दर सुनिने जंग्रार साहित्यीक बखेरीका संस्थापक शोम डेमनरौैराको दाबी छ । डेमनरौराका अनुसार यसको उदाहरण नेपाली लोक गीतलाइ पनि लिन सकिन्छ । कुनै समयमा नेपाली लोक गीत सुन्न पाइँदैनथ्यो तर अहीले नेपाली लोक गीत जताततै सुन्न सकिन्छ । त्यस्तै थारु लोक गीत पनि हुनेछ ।
भाका फेर्दै थारु लोक गीत
२० बर्ष पहीले सम्म थारु भाषाका क्यासेट औलामा गन्न सक्ने संख्यामा थिए । थारु रेडियो कार्यक्रममा प्रसारण गर्नका लागि हामीले थारु गीत नै पाउँदैनथ्यौं –रेडियो गुर्बाबा एफएमकी स्टेसन म्यानेजर पुष्पा चौधरीले बिगत कोटयाइन् । अहीले श्रोताहरुको रोजाइ अनुसार गीत प्रसारण गर्न पाइने भएको छ । तर अन्य भाषाको गीत भन्दा थारु भाषाका गितहरु पर्याप्त नभएको पुष्पाको भनाइ छ । प्रबिधिको बिकास संगै अहीले बार्षिकरुपमा सयांैको संख्यामा थारु गीतहरु रीलीज हुने गरेको जानकारहरु बताउँछन् । लोक गीतलाइ नयाँ भाका र बाजाहरु राखेर युवा पुस्ताले रेकर्ड गराइरहेका छन् । यसरी बनाइएका गीतहरु थारु समुदायमा लोक प्रिय हुँदै गएका पनि छन् । पारिवारिक र सार्बजनिक कार्यक्रमहरुमा समेत यस्ता गीतहरु बजेका सुनिन्छन् । थारु गायक र सर्जकहरुलाइ प्रोत्साहन गर्नका लागि थारु आयोगले सम्मान स्वरुप पुरस्कृत समेत गरेको छ । यस बर्षको पुरस्कार बर्दियाका गायक राज कुष्मीले प्राप्त गरेका छन् । थारु समुदायमा रहेका बिभिन्न भाकालाइ नेपाली शव्दमा समिश्रण गरेर गीत उत्पादन गर्नेहरुको पनि कमी छैन । जुन गीतहरु सार्बजनिक सवारी साधनहरुमा पनि सजिलै सुन्न पाइन्छ । युवा पुस्ताले आफ्नै प्रयासबाट जे गरिरहेका छन् त्यो एकदमै सह्राहनिय छ । तर थारु लोक गीतलाइ बचाउने तर्फ राज्यको कुनै प्रयास नभएको गुनासो थारु लोक गीत प्रेमीहरुको रहेको छ ।