नेपालगन्जमा सुनिल सिंहको ओपन कन्सर्ट हुदैं
Monday, October 30th, 2023, 5:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ कात्तिक
नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीको आफनो गृह जिल्ला बाँकेमा ओपन कन्सर्ट हुने भएको छ । ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ नामक कन्र्सट मार्फत ठकुरीले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने छन् ।
आगामी कात्तिक २४ गते रामलीला मैदान नेपालगन्जमा हुने कन्र्सटमा स्थानीय म्युजिक ब्यान्डको लाईभ प्रस्तुती, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुती रहनेछन् । कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिनेछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्ट स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुती प्रदर्शन गर्नेछन् ।
कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाईभ देखाइनेछ । गायक तथा संगीतकार समेत रहेका ठकुरीले दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यु गरेका थिए ।
ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो ।
उक्त गीत मार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।