‘प्रदेशको बजेटले स्थानीय तहलाई सहयोग पुग्दैं’
Tuesday, December 19th, 2023, 7:38 pm
Kalpristha
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन र निजामति कर्मचारी ऐन बनाएपनि संघीय ऐन नबन्दा सम्म कार्यान्वयनमा समस्या रहेको बताए । उनले प्रदेश निजामती ऐन निर्माण र प्रमाणिकरणमा जटिलता रहेको सभामूख घर्तीले पत्रकार भेटघाट कार्यक्रममा बताए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ पुष
स्थानीय तह जटिलतामा सञ्चालन भैरहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताएका छन् । लुम्बिनी प्रदेशसभा र स्थानीय तहबीच कानून निर्माण तथा सभा सञ्चालन कार्यक्रम अन्तर्गत बाँके आईपुगेका सभामूूख घर्तीले स्थानीय तह जटिलतामा सञ्चालन भैरहेको बताएका हुन् । प्रदेश सभाले गरेको प्रगतिबाट सतप्रतिसत आफुहरु सन्तुष्ट नभएपनि सकारात्मक रुपमा काम भैरहेको उनले बताएका थिए ।
स्थानीय तहसँग प्रदेशसभाको पहिलो कार्यक्रम बाँकेका नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहमा कानून निर्माण कम भएको सभामुख घर्तीले बताए । उनले यही आर्थिक बर्ष भित्रै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरिने भन्दै स्थानीय तहका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु कानून निर्माणमा अनबिज्ञता रहेको बताए ।
संघीयता कार्यान्वयन गर्नको लागि पनि यो कार्यक्रमको मूख्य उद्देश्य रहेको सभामूख घर्तीले पत्रकार सम्मेलनमा बताए । उनले लुम्बिनी प्रदेशले पहिलो चरणमा ७२ वटा कानून निर्माण गरेको र दोश्रो चरणमा चार वटा कानून बनेको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन र निजामति कर्मचारी ऐन बनाएपनि संघीय ऐन नबन्दा सम्म कार्यान्वयनमा समस्या रहेको बताए । उनले प्रदेश निजामती ऐन निर्माण र प्रमाणिकरणमा जटिलता रहेको सभामूख घर्तीले पत्रकार भेटघाट कार्यक्रममा बताए ।
उनले स्थानीय तहले बनाउनु पर्ने कानून नबनाएपनि प्रदेश सरकारले स्थानीय तहलाई बिकास निमाणको लागि १० देखि ४५ करोड सम्मको बजेट दिने गरेको बताए । प्रदेशको संरचनाले स्थानीय तहलाई योजना सञ्चालन गर्न सहयोग गरेको सभामूख घर्तीले बताए ।