सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय
Tuesday, December 19th, 2023, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, ३ पुष
बाँके क्षेत्र नम्बर ३ जनताले सडक पुर्वाधारको अवस्थामा सुधार गर्न आफनो क्षेत्रका नेताहरुलाई सुझाव दिएका थिए । बाँके क्षेत्र नम्बर ३(क) बाट लुम्बिनी प्रदेश सभा निर्वाचित भएका सभासद रत्न खत्रीलाई स्थानीयले सडक पुर्वाधारको अवस्था सुधार गर्नका लागि माग गरेका हुन् । आफु निर्वाचित भएको एक वर्ष पुगेपछि प्रदेश सभा सदस्य खत्रीले स्थानीय जनतासँग भेटघाटको कार्यक्रम गर्दै आएका छन् ।
नेकपा एमालेले सञ्चालन गरेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रममा सहभागी स्थानीय बासिन्दा मध्ये अधिकाँशले घर नजिकका सडक कालोपत्रे गर्न माग गरे । प्रदेशसभा सभा सदस्य खत्रीका अनुसार सडक कालोपत्रे सहित विद्यालय भवन निर्माण, तटबन्धन निर्माण लगायतका विषयमा स्थानीयबाट माग भएको छ ।
एमालेले प्रदेशसभा सदस्य खत्रीको उपस्थितीमा निर्वाचन क्षेत्र अन्तर्गतका १२ वडाका ५० बढि टोलमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम गरेको छ । खजुरा ७ सोनपुरका युनुस खानले विकास निर्माणका योजनामा केन्द्रीत भई प्रदेशसभा सदस्य जनतामाझ पुग्नु आफुहरुका लागि नौलो विषय भएको बताए ।
उनले प्रदेशसभा सदस्यले जनताको मागको आधारमा काम गर्न खोज्नु सकारात्मक भएको बताए । एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, शान्ति ढकाल, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, प्रदेश कमिटी सदस्य घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा करिम खान, नेताहरु डिल्ली बिसी, भिम वली, इन्द्रबहादुर थापा, गेहेन्द्र धिताल लगायतको सहभागितामा एमालेले आम जनतासँग टोलमा अन्तरक्रिया गरेको हो ।