नेपालगन्जमा खुल्यो ‘कुटुम्ब क्याफे’
Wednesday, January 17th, 2024, 8:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ माघ
कफिसँगै पढने संस्कृतिलाई लक्षित गरेर नेपालगन्जमा ‘कुटुम्ब क्याफे’ खुलेको छ । नेपालगन्ज धम्बोझीमा रहेको कुटुम्ब क्याफेले कफिसँगै केहि नयाँपनको अभ्यास गर्ने प्रयास गरेको छ । ‘बसुधैव कुटुम्बकम्’ सन्देशलाई आत्मसाथ गरेको क्याफेमा धुम्रपान निषेध गरिएको छ ।
क्याफेमा आउने ग्राहकले आफुलाई मन परेका पुस्तक पढन पाउनेछन् । त्यसका लागि नजिकै माउन्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस छ । जहाँ पुस्तक र खेलकुदका सामाग्री पाउन सकिन्छ ।
बुधबारको औपचारिक कार्यक्रमबिनै क्याफेको शुभारम्भ गरिएको छ । कफिसँगै पुस्तकहरु पढन रुचाउने ग्राहकहरुलाई लक्षित गरेर ‘कुटुम्ब क्याफे’ को अवधारणा अघि सारिएको बताउनु हुन्छ संचालक बासु भण्डारी । उहाँ भन्नु हुन्छ, ‘नेपालगन्जमा थुप्रै क्याफे छन् । तर त्यहाँ सजाउनका लागि दुई चार वटा पुस्तकमात्र राखिएका हुन्छन् । तर कुटुम्ब क्याफेमा तपाईले आफनो रुची अनुसारका किताब पढन सक्नुहुनेछ ।’
पढन रुचाउनेको जमात धेरै भएपनि त्यसको लागि सहज वातावरण भएको नेपालगन्जमा क्याफेको अभाव थियो । त्यही अभावलाई कम गर्नको लागि कुटुम्ब क्याफेको सुरुआत गरिएको भण्डारीको भनाई छ । क्याफेको डिजाईनमा निकै मिहिनेत गरिएको छ । क्याफे आएका ग्राहकलाई पुस्तकालय भित्र भएको अनुभुति हुन्छ । त्यसका लागि आफुले डेकोरेसनमा मिहिनेत गरेको भण्डारीले बताउनु भयो ।
काठमाडौं, पोखरा, बुटवल जस्ता सहरका क्याफेमा यस्तो सुविधा उपलब्ध हुन्छन् । तर नेपालगन्जमा भने यो पहिलो अभ्यास हो ।
पढन रुचाउने वर्गलाई लक्षित गरेर कुटुम्भ क्याफेको अवधारण विकास भएको संचालक भण्डारीले बताउनु भयो ।
दुई दशक देखि व्यवसायमा सक्रिय युवा व्यवसायी भण्डारीले कुटुम्भ क्याफेले छिटै नेपालगन्जका ग्राहकको मन जित्ने बताउनु भयो ।
ऐतिहासिक सहर नेपालगन्जमा पहिलो बुक क्याफेका रुपमा कुटुम्ब क्याफे संचालनमा आएसँगै पुस्तकका पारखीहरुले चिया कफिको चुस्कीसँगै पुस्तकको आनन्द लिन पाउनेछन् ।
२५ लाखको लगानीमा ‘कुटुम्ब बुक क्याफे’ संचालनमा आएको हो । क्याफेमा छिटैं रुफटप, फेमिली क्याबिन र मिटिङ हल सहित रहेको कुटुम्बको रेष्टुरेन्टमा नेपाली रैथाने परिकार उपलब्ध हुने भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार बुक क्याफे परिसरमा धुम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ भने रेष्टुरेन्टमा छुट्टै धुम्रपान क्षेत्र तोकेर अन्य स्थानलाई पारिवारीक वातावरण बनाइएको छ ।