न्यानो कम्बल वितरण गर्दै जानकी गाउँपालिका
Tuesday, January 30th, 2024, 8:34 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, १६ माघ
नेपालगन्ज चिसो बढेपछी जानकी गाउँपालिका मानपुर बाँकेले न्यानो कम्बल वितरण गरेको छ । पालिका अन्तर्गत सबै वडामा यस अघिनै वितरण गरिसकेको र वडामा छुट्न गएका र अपाङेगता तथा गरिब घर परिवार ,ज्येष्ठ नागरिक, एकल महिला ,गरिब तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ।
जानकी गाउँपालिका बाँकेले मङ्गलवार अपाङेगता तथा गरिब घर परिवार ,ज्येष्ठ नागरिक, एकल महिला ,गरिब तथा अति विपन्न परिवारलाई न्यानो कम्बल जाडो मौसममा न्यायो प्रदान गर्न सम्मान सहित कम्बल वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नम्वर १ का वडा अध्यक्ष मोहम्मद रजा राई ,वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव ,कार्यपालिका सदस्यहरु ,वडा सदस्यहर लगायत प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले स्थानीयहरुलाई कम्बल वितरण गरेका हुन् ।
पालिका अध्यक्ष छब्बन खाँले चिसोका कारण समस्यामा परेका अपाङेगता तथा गरिब घर परिवार ,ज्येष्ठ नागरिक, एकल महिला ,गरिब तथा अति विपन्न परिवारलाई वडाहरुमा वितरण गर्दे गर्दा केहीदिन ढिला भएपनि न्यानो कम्बल वितरण गरिएको बताए । आउने दिनहरुमा यस्ता समस्यामा परेका मानिसहरुलाई पालिकाबाट हुनसक्ने सेवासुविधा थप गर्दे लैजाने समेत अध्यक्ष खाँले आफनो भनाई व्यक्त गरे।
त्यस्तै कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मोहम्मद रजा राई ,वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा ,वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव , सामाजिक विकास समितीका सम्योजक राम आचल धोवीले आ आफनो धारणा राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु , कार्यपालिका सदस्यहरु , न्यायिक शाखाका प्रमुख जित वहादुर श्रेष्ठ ,योजना शाखा प्रमुख शोभा पौडेल , विपत तथा वातावरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी ,सुचना शाखाका प्रमुख विकास जि सी, परामर्षदात शोहराव ईद्रिशी,पालिकाका अन्य कर्मचारीहरु साथै स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।
पालिकाले मङ्गलवार ५०० जनालाई कम्बल वितरण गरेको थियो ।