बुधबार देखी खजुरामा सुरु भयो योग सेवा
Wednesday, March 27th, 2024, 6:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १४ चैत
बाँकेको खजुरा गाउँपालिकामा योग सेवा सम्बन्धी कार्यक्रमको उद्घाटन गरिएको छ । बुधबार खजुरा गाउँपालिका आयुर्वेद शाखाको आयोजना र पतन्जली योग समिति नेपाल खजुरा बाँकेको प्राविधिक सहयोगमा योग सेवा सम्बन्धी कार्यक्रमको उद्घाटन गरिएको हो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले कार्यक्रमको उद्घाटन गर्दै पालिकाको आम जनताको स्वास्थ्यलाई सुधार गर्न आयुर्वेद र योग सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।
खजुरा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाको सामाजिक संयोजक कृष्णा कुमारी पोखरेल, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. गीता रेग्मी, पतन्जली योग समिति नेपाल बाँके उपाध्यक्ष बोधराज प्याकुरेल सहभागि हुनु भएको थियो ।
यसैगरी कार्यक्रममा योग गुरु तथा कविराज निरीक्षक गौरीशंकर मण्डल, पतन्जली योग समिति खजुरा उपाध्यक्ष मधु निरौला, ज्ञान योग निरोग केन्द्र खजुरा संयोजक कल्पना पौडेल, आयुर्वेद शाखा प्रमुख किरण खनाल तथा आयुर्वेद शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

……………
आयुर्वेद शाखा प्रमुख खनालका अनुसार अब खजुरामा नियमित योग अभ्यास संचालन गरिने जानकारी गराउनु भयो । यसका साथै पालिकामा स्वास्थ्य परिक्षण, सुगर परिक्षण, बिएमआइ मापन समेत गरिने खनालले बताउनु भयो ।