माया पुनको अध्यक्षतामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन
Monday, June 3rd, 2024, 5:44 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २१ जेठ
माया पुनको अध्यक्षतामा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति निर्वाचित भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य पुनको अध्यक्षतामा लुम्बिनी प्रदेश गठन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा भुमा गुरुङ, रामशंकर चौधरी, सचिवमा दीपक श्रेष्ठ, रामलाल कुमाल, सह सचिवमा चित्रलाल तुलाचन र लीलादेवी छन्त्याल निर्वाचित हुनु भएको छ ।
यसैगरी कार्यसमिति सदस्यहरुमा सुमित्रा तामाङ, कृष्ण बहादुर मगर, युवराज पल्ली मगर, नरमती राजकोटी, ओमकली, प्रेम बहादुर बुढा, गंगा राइ, सन्त बहादुर मकाजु, ममता राना मगर, उदयलाल थारु, कालिका रोका मगर, चत्रलधर थारु, सुशिला थारु, उर्मिला घानी, तारा थापा ढैगा मगर, अमर रेश्मी मगर, रुपा थापा पुन मगर, एक प्रसाद श्रेष्ठ, हरिमाया गुरुङ, आशा घर्ती मगर र दिपक पुन रहनु भएको छ ।

………….
नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरको प्रमुख आथित्यमा भएको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।