जानकीमा १५ दिने डलिया बनाउने तालिम सम्पन्न
Sunday, June 16th, 2024, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २ असार
जानकी गाउँपालिका बाँकेमा शान्ती सहिष्णुता तथा महिला सशक्तिीकरण भन्ने मुल नाराका साथ १५ दिने डलिया बनाउने तालिम सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आर्थिक सहयोग र फातिमा फाउन्डेशन नेपाल ‐महिला तथा बालबालिकाको लागी नेपालगन्ज बाँके) को आयोजनामा १५ दिने डलिया बनाउने तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले बहिरा तथा अपाङ्गता भएका व्यक्तीहरुलाई १५ दिने डलिया ‐खजुरको पातबाट ब्याग बनाउने तालिम ) तालिममा सिकेका सीपहरुलाई आफनो व्यवहारमा उर्तान सहभागीहरुलाई सुझाव दिए. रोजगारको अभाव भएको बेला जनजीवनलाई आर्थिक रुपमा सहज बनाउन तालिम महत्वपुर्ण बन्न सक्छ उनले भने।साथै गाउँपालिका अध्यक्ष खाँले आउने दिनमा यस्ता तालिममा वजेट थप गरिदिने आस्वासन समेत दिए ।
फातिमा फाउन्डेशन नेपाल ‐महिला तथा बालबालिकाको लागी नेपालगन्ज बाँके० का अध्यक्ष महिमुना सिद्दकीको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रम आयोजककी कोषाध्यक्ष सुबैदा फरहिनले गरेकी थिईन भने १५ दिने डलिया ‐खजुरको पातबाट ब्याग बनाउने तालिम )मा अन्जनी चौधरीले प्रशिक्षण दिएकी थिईन ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेल,वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव,कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको कार्यक्रममा प्रशिक्षार्तीहरुलाई प्रमाणपत्र समेत दिईएको थियो ।