कांग्रेसलाई थप डिजिटल बनाउन आवश्यक: युवा नेता जिसी
Tuesday, October 27th, 2026, 6:23 am
Kalpristha
कालपृष्ठ समाचारदाता
रोल्पा, १० कात्तिक
नेपाली कांग्रेसका युवा नेता अनुपम जिसीले नेपाली कांग्रेसलाई थप प्रविधिमैत्री र डिजिटल बनाउन आवश्यक रहेको बताउनु भएको छ । डिजिटल प्रविधिको माध्यमबाट नै पाटी र नेतृत्वको सकारात्मक सन्देश प्रवाह गर्न सकिनेमा जोड दिनु भयो । उहाँले नेपाली कांग्रेस अब नयाँ शैली र विचारबाट नागरिकमा विचमा जानु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं १ रोल्पाले सुलिचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिसीले कांग्रेसकै नेतृत्वमा नेपालले शान्ति र संविधान प्राप्त गरेको स्मरण गराउदै समय अनुसार भूमिका बदलेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
नेता जिसीले बदलिँदो समय र युवाको माग बमोजिम कांग्रेस पाटीमा व्यापक रूपान्तरण र पुस्तान्तरण आएको र अब फेरि कांग्रेसकै नेतृत्वमा राष्ट्र अगाडी बढ्ने दावी गर्नु भयो । फरक प्रसंगमा बोल्दै जिसीले अहिले छुट्नु भएका साथीहरू ढिलोचाडो मूलप्रवाहमा आउने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले कांग्रेस नागरिकहरूकै विश्वास र अगुवाइमा जन्मेको पाटी भएकाले फेरि जनताले राष्ट्रिय शक्ति बनाउने बताउनु भयो ।