मन्त्री कुर्मीलाई गृह जिल्लामा भव्य स्वागत
Thursday, July 25th, 2024, 6:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० साउन
लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी पाएका बादशाह कुर्मीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । बुधबार बिना विभागी मन्त्रीमा नियुक्त भएका बादशाह कुर्मीलाई नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा स्वागत तथा बधाई कार्यक्रम राखिएको थियो ।
नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल अधिकारी, सचिव सुधान्सु कोइराला, सह–सचिव बिनोद थारु सहित नेता तथा कार्यकर्ताले कुर्मीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । मन्त्रीमा नियुक्त हुने वित्तिकै कुर्मीले जनताको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने,‘मलाई पार्टीले महत्वपुर्ण जिम्मेवारी दिएको छ । म इमानदारिताका साथ नेपाली जनताको समस्यालाई सम्बोधन हुने गरी काम गर्छु ।’
मन्त्रीमा नियुक्त हुने बित्तिकै नेपालगन्ज आइपुगेका कुर्मीलाई जिल्लावासीले पनि भव्य स्वागत गर्दै शुभकामना दिएका थिए । यसैगरी बिहिबार मन्त्री कुर्मीलाई उनको निवास नेपालगन्ज स्थित परसपुर पुगेर विभिन्न पेशाकर्मीहरुले बधाई दिएका थिए ।
बाँके क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद कुर्मीको नेतृत्वमा नेपाली कांग्रेस लुुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । बुधबार कुर्मीसँगै कांग्रेसबाट सरोज थापा(रोज राणा), धनेन्द्र कार्की र प्रचण्ड बिक्रम न्यौपानेले मन्त्री बनेका छन् । नेकपा एमालेबाट भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा र खेम बहादुर सारु विना विभागीय मन्त्री बनेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समिकरण बनेपछि लुम्बिनी प्रदेश सरकारमा एमालेका चेतनारायण आचार्य मुख्य मन्त्री बनेका छन् । बुधबार कांग्रेस र एमालेबाट ४–४ जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो ।

…………

………..

………….
https://www.facebook.com/share/v/F5PmZWxcv78X7sr1/