अन्तर्राष्ट्रिय सम्बन्धमा अब्बल कुटनीतिक रिर्पोटर पाण्डे
Wednesday, October 16th, 2024, 9:02 pm
Kalpristha
सौरभ राना
काठमाडौं, ३० असोज
सामान्य रुपमा हेर्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्ध मामिलामा रिर्पोटङ आफैंमा एउटा चुनौतिपूणर् काम हो । त्यसमा पनि अहिलेको भूराजनीतिक परिस्थितीमा भने अझ बढी संवेदनशील र महत्वपूणर् बन्दै गइरहेको छ । नेपालले बेलायतसँग सन् १८१६ को सुगौली सन्धीबाट थालेको अन्तर्राष्ट्रिय सम्बन्ध अहिले आएर १८२ पुगिसकेको छ । यो बीचमा पहिलो र दोस्रो विश्य युद्ध हुँदै अहिले २१ औं शताब्दीमा तेस्रो दशक चलिरहेदा विश्वका केहि स्थानमा युद्ध चलिरहेका छन् भने अन्य स्थानमा भूराजनीति उतार–उढाप बढेको छ । नेपालको सम्बन्धमा पनि कुनै समय देशको एकिकरण गर्ने राष्ट्र निर्माताले दुई ढुंगा बीचको तरुल भन्ने गर्थें भने अहिले आएर भारत र चीन बीचको आर्थिक तथा रणनीतिक पुल बन्न पुगेको छ ।
यहि संवेदनशील र महत्वपूणर् समयमा नेपालको विदेश मामिलालाई नेपालकै सबैभन्दा ठूलो संचार संस्था कान्तिपुर दैनिकमा कुटनीतिक मामिलाको विषयमा पत्रकार जगदीश्वर पाण्डे रिर्पोङि गर्दै आइरहेका छन् । पत्रकार पाण्डे आफू रिर्पोटिङ गर्नेमात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति र अन्य कुटनीतिक मामिलामा अरुलाई विज्ञका रुपमा सल्लाह दिने, विश्लेषण गर्ने र अनुसन्धानात्मक खेलहरु लेख्न काम गरिरहेको छन् ।
नुवाकोट जिल्ला तादी गाँउपालिकाका पत्रकार पाण्डे पत्रकारिता यात्रा भने खेलकुदबाट सुरु भएको थियो । उनले सन् २००९ मा राजधानी दैनिकबाट खेलकुद पत्रकारिता गरें । त्यसपछि सन् २०१० मा कान्तिपुर दैनिकको खेलुकद ब्यूरोमा काम गरेका उनले सन् २०१४ को फेब्रुअरीमा २५ वर्षको युवा उमेरमै ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथीहरु’ नामको पुस्तक ल्याएका थिए । क्रिकेटमा व्यवहारिक रुपमा पहिलो पटक लेखिएको उक्त पुस्तक सोहि वर्ष बंगलादेशमा हुन लागेको विश्व टी–ट्वान्टी क्रिकेटमा सहभागि हुने नेपालको राष्ट्रिय टोलीको बारेमा लेखिएको थियो ।
पाण्डेले सन् २०१४ को सुरुआती चार महिना भारतको प्रतिष्ठित पत्रकार अध्यापन गराउने संस्था इन्डिएन इस्टिच्युट अफ मासकम्न्युनिकेसन (आईआईएमसी) मा संसारका २२ मुलुकका २५ जना सहपार्ठीहरुसंग अध्ययन गरे । सोहि अवशरमा आईआईएमसीको अलाबा उनले अफ्रिकी, यूरोप, ल्याटिन अमेरिकी, एसियाका साथीहरुसँग पढ्न र सिक्न पाँए ।
भारतको नयाँ दिल्लीबाट फर्केपछि पाण्डेले खेलकुद ब्यूरोबाट विदा लिएर कान्तिपुरमै सामाजिक, संसदीय, राजनीतिक र सुरक्षा सम्बन्धी विषयमा रिर्पोटङ गरे । ‘उक्त रिर्पोटङका दौरान मैले नेपालको विभिन्न पक्षका बारेमा जान्न र बुझ्न पाए“,’ उनको अनुभव छ,‘साथै, त्यस बेला मैले नेपालमा सन् २०१४ मा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको १८ औं शिखर सम्मेलनको पनि रिर्पोटङ गरें ।’ सन् २०१४ देखि सुरुआत भएको कुटनीति मामिलामा मात्र कलम चलाउने पाण्डेको यात्रा एक दशक पुगिसकेको छ ।
पाण्डे फेरि सन् २०१७ मा भारतको चर्चित दक्षिणी शहर चेन्नाईमा पढ्न गए । उनले त्यहाँ पत्रकारितामा ‘पोष्ट डिप्लोमा कोर्स’ गरे । जसमा उनको मुख्य विषय मध्ये एक थियो, अन्तर्राष्ट्रिय सम्बन्ध । भारतमा अन्तर्राष्ट्रिय सम्बन्ध पढेर आएपछि उनले १४ महिना कान्तिपुर दैनिक छाडेर नेपालको चर्चित अंग्रेजी पत्रिकार ‘द हिमालयन टाइम्स’ मा काम गरे । ‘त्यहाँ मैले नेपालका ठूला राजनीतिक दलहरु, मन्त्रीपरिषद्, संसद र यसका समितिहरु तथा अन्य अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा रिर्पोटङ गरे,’ पाण्डे भन्छन् ।
पाण्डे सन् २०१९ मा फेरि कान्तिपुर दैनिकमै फर्किए र त्यसपछि लगातार रुपमा कुटनीतिक मामिलामा रिर्पोटङ गरिरहेका छन् । पाण्डेले यो बीचमा सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली लगायतको विदेश भ्रमणको रिर्पोटिङ गरे । साथै, नेपालले सहभागिता जनाउने बहुपक्षीय संस्थाहरु संयुक्त राष्ट्र संघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेक, अन्य अन्तर्राष्ट्रिय क्षेत्रीय र महत्वपूणर् संगठनहरुको पनि रिर्पोट गरिरहेका छन् ।
‘नेपालमा दुई छिमेकीहरु भारत र चीन तथा विश्वकै शक्तिशाली राष्ट्र अमेरिकासँगको सम्बन्धलाई लिएर नजिकबाट ध्यान दिएर हेर्ने चलन छ । यो बीचमा पछिल्लो समय बढेको सामाजिक संजाल तथा पपुलिस्ट र कुनै एउटै धारलाई मात्र जोड दिने समूह र जमात बढिरहेको छ,’ पाण्डेले भने,‘त्यसलाई ध्यानमा राखेर आम पाठक कुटनीतिक मामिला सम्बन्धमा सहि सुचना दिनु मेरो जिम्मेवारी हुन्छ । किनकी अहिले नेपालमा एक मुलुकले अर्को मुलुकविरुद्ध गलत सुचना फैल्याउनको लागि विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छन् । त्यसलाई नजिकबाट हेरेर जनतालाई सहि सुचना दिनुपर्छ ।’
३६ वर्षीय पाण्डे कुटनीतिक मामिला रिर्पोटङको लागि सबैभन्दा महत्वपूणर् पक्ष भनेको धेरैभन्दा धेरै बढ्नु सुझाव दिन्छन् । उनी थप्छन्,‘अन्तर्राष्ट्रिय मामिला रिर्पोष्टिङ गर्दा विश्वको भूराजनीतिलाई पनि नजिकबाट हेर्नु पर्छ । विश्वका कुन–कुन मुलुक बीच समस्या भइरहेका छ र नेपालको कुन मुलुकसँगको सम्बन्ध कस्तो छ हेर्नु आवश्यक हुन्छ । किनकी नेपाल आफ्नो राष्ट्रिय स्वार्थ अनुसार द्धीपक्षीय र बहुपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्नु पर्छ ।’
पाण्डे नेपाल भाषामा मात्र लेख्दैनन् । उनी अग्रेंजीमा पनि भूराजनीतिक विषयमा लेख्छन् । उनले कान्तिपुरकै अर्को प्रकाशन ‘दी काठमान्डु पोष्ट’ मा पनि लेखिरहेका छन् । साथै, नेपाल बाहिरका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि लेख्छन् । बंगलादेशबाट प्रकाशित हुने चर्चित पत्रिका ‘द डेली सन’ मा दक्षिण एसिया मामिलाका विषयमा अन्तर्राष्ट्रि विज्ञको रुपमा लेखहरु लेखिरहेका हुन्छन् ।
पत्रकारिता बाहेक पाण्डे अनुसन्धान पनि गर्छन् । साथै, भूराजनीतिक विषयमा विभिन्न थिंक ट्यांकसँग मिलेर काम गरिरहेका छन् । उनले सन् २०२३ मा इजरायल र लेबनान बीचको संवेदनशील क्षेत्र संयुक्त राष्ट्र संघले कोरिदिएको ‘ब्यु लाइन’ क्षेत्रमा गएर स्थलगत रिर्पोटङ पनि गरेको अनुभव छ । उनले विश्व शान्तिमा नेपालसहित विश्वका विभिन्न मुलुकका शान्ति सैनिकहरुले खेलेको भूमिका बारे रिर्पोटिङ गरेका छन् ।
त्यसैलाई मध्ये नजर गरेर पाण्डेलाई सन् २०२१ मा भर्चुअल र सन् २०२३ मा संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमै यूएन राफ फेलोसिप प्रदान गरिरहेका थियो । ‘जहाँ मैले राष्ट्र संघ, यसको संरचना र परिचालनको बारेमा बुझ्ने, राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससहित उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तथा बहुपक्षीय कुटनीति सञ्चालन र नेपालको भूमिकाको बारेमा बुझ्ने र त्यसलाई रिर्पोटङ गर्न अवशर पाएँ,’ पाण्डेले भने,‘मैले पाएँको र जानेको कुराहरुलाई नेपालसहित विश्व समुदायका पाठकहरुलाई प्रस्तुत गरें । जुन हामी जस्तो तेस्रो विश्वबाट गएका युवाहरुको लागि महत्वपूणर् अवशर थियो ।’
पाण्डेले कुटनीतिक मामिलामा गरेको महत्वपूणर् रिर्पोटङको कदर गर्दै सम्मानित पनि भएका छन् । उनलाई सन् २०२३ मा नेपालको सम्पूणर् मिडियाहरु र पत्रकारलाई निगमन नर्गे एकमात्र राष्ट्रिय निकाय प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल राष्ट्रिय युवा प्रतिभा पुरस्कारमार्फत सम्मान गरेका थियो । साथै, पाण्डेलाई अमेरिकामा न्यु जर्सी राज्यका काउसिन्ल प्रेसिडेन्ट अफिसले सम्मान गरेको थियो ।
पत्रकार पाण्डेले कुटनीति मामिलामा गरेका रिर्पोटङहरु लोकतन्त्र, मानव अधिकार र सहि सुचनालाई आधार मानेर गरेका हुन्छन् । उनी पत्रकारको मात्र सिमित नभएर एक अब्बल कुटनीतिक मामिला विज्ञको रुपमा उदाइरहेका छन्, जुन सबैको लागि खुसीको कुरा हो ।