सिंहको अध्यक्षतामा अटोटेम्पो तथा ई-रिक्सा व्यवस्थापन संघ निर्विरोध
Sunday, January 12th, 2025, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुस
धिरत प्रताप सिंहको अध्यक्षतामा अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको कार्यसमिति निर्विरोध भएका छन् । अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशनले सिंहसहितको १५ जनाको कार्यसमितिलाई निर्विरोध चयन गरेको हो । सिंह अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको तदर्थ समितिको पनि अध्यक्ष हुन् ।
यसैगरी अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको उपाध्यक्षमा सहादत अली साई, महासचिवमा कुमार सिंह ठकुरी, उप-महासचिवमा एजाज बाबु जोलाहा, सचिवमा निजाम अली इद्रिसी र कोषाध्यक्षमा मनोजकुमार खटिक निर्विरोध चयन भएका थिए ।
यसका साथै सदस्यहरुमा मक्सुद जसगढ, शिवराज सिंह ठकुरी, अख्तर अली हलवाई, इन्द्र सिंह ठकुरी, रेश्मा चौधरी (थारु), मुबारक अली साई, अब्दुल कादिर खाँ, रेखा नेपाली र दुर्गा मल्ल निर्विरोध चयन भएको निर्वाचन संयोजक अधिवक्ता नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।
अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशन शनिबारदेखि सुरु भएको थियो । शनिबार प्रथम साधारण सभा सम्पन्न भएको थियो भने प्रथम अभिवेशन आइतबार सम्पन्न भएको हो ।
साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान वन तथा वातावरण मन्त्री बादशाह कुर्मी, विशिष्ठ अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीलगायतका अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा उपस्थित सहभागीले अटोटेम्पो तथा ई-रिक्सा व्यवस्थापन, सवारी चालक अनुमती पत्रलगायका विषयमा जोड दिनु भएको थियो ।
‘संघलाई थप प्रभावकारी बनाउने योजना छ’
अध्यक्ष सिंहले प्रशासन कार्यालयले गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म रिक्सा चल्न नदिने कार्यको बिरोध गर्दै उहाँले पार्किंगको व्यवस्थापन चुनौती रहेको बताउनुभयो । यसका लागि आफूहरु गम्भिर रहेका बताउँदै उहाँले नेपालगन्ज उपमहानगरपालिकासँग आवश्यक समन्वय गर्ने बताउनुभयो ।
सिंहले अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघले छोटो समयमा राम्रो काम गर्न सफल भएको बताउँदै आफ्नो कार्यकालभित्र अटोटेम्पो तथा ई-रिक्सालाई कसरी व्यवस्थापन गर्ने, चालकहरुको सुरक्षा तथा ट्राफिक नियमका बारेमा संघले योजना बनाएर काम गर्ने बताउनुभयो ।
यसका अलव सिंहले उपमहानगरपालिकामा दर्ता नविकरण हुन नसकेको भन्दै पछिल्लो समय रिक्सा दुर्घटना बढेको हुँदा बिमासँग जोड्न आवश्यक देखिएको बताउनुभयो । उनले उपहानगरपालिकाले दिएको परिचय पत्रले चालकको रुपमामात्र परिचय दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन सवारी चालक अनुमती पत्रका लागि संघले पहल गर्ने बताउनुभयो ।