लुम्बिनी कप महिला फुटबलको दुई उपसमितिमा गुरुङ र शाहको मनोनयन
Sunday, January 19th, 2025, 6:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ माघ
लुम्बिनी कप महिला फुटबलको सांस्कृतिक उपसमितिको संयोजकमा बरिस्ठ कलाकर्मी सुन्दर गुरुङ र समन्वय तथा परिचालन उपसमितिको संयोजकमा तेजविक्रम शाहलाई मनोनयन गरिएको छ ।
प्रतियोगिता तयारीलाई तिव्रता दिने क्रममा वरिष्ठ व्यक्तित्व गुरुङ्ग र शाहलाई मनोनयन गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकार िजयनारायण शाहले बताउनुभयो ।
साँस्कृतिक उपसमिति संयोजक गुरुङ्ग शिक्षण पेशावाट भर्खरै सेवानिवृत हुनुभएको छ भने समन्वय तथा परिचालन उपसमितिका संयोजक शाहलाई पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा समाजले चिन्ने गरेको छ ।
साँस्कृतिक उपसमितिका संयोजक गुरुङले बाँके जिल्लाका सवै कलाकर्मीलाई एकै छातामुनि गोलवद्द गर्ने अभियानको अगुवाई गर्नुभएको छ । कलाकर्मीको साँझा मञ्चका रुपमा रहेको बाँके कलाकेन्द्र तदर्थ समितिका अध्यक्ष गुरुङले शिक्षण पेशामार्पत समाजलाई महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
हाल खजुरा प्रज्ञा प्रतिष्ठान सभाका सदस्य गुरुड नेपाल निवृत्त शिक्षक समाज बाँकेका सचिव, ललित कला संस्था नेपालगन्जका कोषाध्यक्ष, अवधि साँस्कृतिक प्रतिष्ठानमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव, नृत्य निर्देशक समाज, साहित्य लगायतका थुप्रै संघ संस्थामा उहाँको आवद्धता रहेको छ ।
समन्वय तथा परिचालन समितिका संयोजक शाहले फुटबलका साथै एथलेटिक्स र साइक्लिङ्गको संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । विक्रम सम्वत् २०७८ मा महाकाली–मेची साइकलयात्रा गर्नुभएका शाह गैरसरकारी संस्था महासंघ बाँकेका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
नेपालका विभिन्न स्थानलगायत बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाम र नेपालगन्जको बाँके बगियास्थित सहकारीको गोदाममा लामो समयदेखि असुरक्षित भण्डारण गरिएका मानव स्वास्थ्यका लागि अत्यनतै हानिकारक म्याद गुज्रेका विषादीलाई सुरक्षित विसर्जन गराउन उहाँकै नेतृत्वको संस्था इन्प्रोकमार्पत शाहले करिव १ दशक निरन्तर लडाईं लड्नु भएको थियो । उहाँको निरन्तरको लडाईपछि अन्ततः स्टकहोम अभिसन्धिमा भएको व्यवस्था अनुसार उक्त विषादी जर्मनीमा लगेर सुरक्षित विसर्जन गरिएको थियो ।
सशस्त्र द्वन्दपछि शान्ति निर्माणकालागि गठित स्थानीय शान्ति समिति बाँकेको संयोजकको रुपमा काम गर्नुभएका शाहको कार्यकालमा देशभरका समिति मध्ये बाँके सर्वोत्कृष्ट शाखाको रुपमा नेपाल सरकार, शान्ति तथा पुनस्र्थापना मन्त्रालयवाट पुरस्कृत भएको थियो । सो अवसरमा तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डवाट शाहले सम्मानपत्र ग्रहण समेत गर्नुभएको थियो ।