शिक्षक रानाभाटको भव्य विदाई
Thursday, August 21st, 2025, 7:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ५ भदौं
नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरीमा ४१ वर्ष शिक्षण पेशा गर्नु भएका शिक्षक रुद्र रानाभाटलाई एक भब्य समारोहका बीच बिदाई गरिएको छ । २०४१ साल भदौ २५ गते सेवा आरम्भ गर्नु भएका रानाभाटले ४ दशक एउटै विद्यालयमा अध्यापन गराउनु भएको थियो ।
सेवा निबृत रानाभाटलाई विद्यालयमा विहीबार एक भव्य कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियोे । नौमती बाजा समूह धौलागिरीका नौमती बाजा, शिक्षक विद्यार्थी अभिभावक, खजुरा गाउँपालिका प्रमुख डम्बर विक तुफान, वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, वडा सदस्य देउमाया मगर, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी वागेश्वरी खजुरा शाखा अध्यक्ष जीवनाथ सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण गौतम, शिक्षक महासंघ खजुराका अध्यक्ष माधव सापकोटा लगायतले शुभकामना व्यक्त गर्नु भयो ।
४१ वर्ष एउटै विद्यालयमा सेवा गरेका शिक्षक रानाभाट नेपाली विषय अध्यापन गराउँदै आउनु भएको थियो । ४ वर्ष विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो उहाँले ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले असल शिक्षकको जिम्मेवारी पूरा गरेका रुद्र रानाभाटले फेरि पनि बाँकी अनुभव समुदाय र शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनु भयो । विदाई समारोहमा आफ्नो भनाई राख्दै शिक्षक रानाभाटले फेरि पनि आफ्नो बाँकी समय शिक्षा क्षेत्रमा नै व्यतित गर्ने उद्घोष गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक केशर बहादुर केसीले स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम काउचा मगरले कार्यक्रमको समापन गरे लगत्तै नौमती बाजासहित विद्यालयबाट शिक्षको घर एक नम्बर सम्म पुगेर विदाईलाई अझ औपचारिकता दिइएको थियोे ।