खण्डहर भवनमा मन्त्रीले लिए शपथ
Monday, September 15th, 2025, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भदौं
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेल मन्त्रीहरुले सपथ लिनु भएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो । सोमबार खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रम गरिएको थियो ।
शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको थियो । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित थिए । तीन मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।