बर्दिया प्रहरीद्धारा फरार सात कैदी प्रक्राउ
Tuesday, September 16th, 2025, 7:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ३१ भदौं
जेनजी आन्दोलनका क्रममा फरार रहेका सात कैदीलाई बर्दिया प्रहरी प्रक्राउ गरेको छ । विशेष सुचनाको आाधारमा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नख्खु कारागार भैँसेपाटीमा जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बारबर्दिया नगरपालिका वडा न ९ बस्ने ५३ वर्षीय हरीराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी दाङ तुल्सीपुर कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैलाली जिल्ला घोडा घोडी नगरपालिका वडा नं ६ बस्ने कल्लु दमाईलाई कैलाली र बर्दियाको सिमाना चिसापनीबाट पक्राउ गरिएको छ ।
जिल्ला कारागार दार्जुलामा मानव बेचविखन मुद्दामा कैद भुक्तान गरीरहनु भएको सुर्खेत मैनतारा नगरपालिका २ बस्ने ४१ वर्षीय मानबहादुर विकलाई पनि पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनुभयो ।
हाडनाता करणी मुद्दामा केन्द्रीय कारागार सुन्धाराबाट भागेका बढैयाताल गाउँपालिका वडा नं ७ पचासा बस्ने ४९ वर्षीय मनिराम दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका नक्खु कारागार ललितपुरबाट भागेका गेरुवा गाउँपालिका– ४ खोनपुर बस्ने दर्नबहादुर क्षेत्रीलाई सोही ठाउँबाट पक्राउ गरेको छ ।बाँके नौवस्ता कारारगारमा लागुऔषध मुद्दामा कैद भुक्तान गर्दा गर्दै भागेका कोहलपुर नगरपालिका वडा नं २ विकाश नगर बस्ने २८ वर्षीय धु्रव सिंह ठकुरी र सुर्खेत बिरेन्द्रनगर नगरपालिका ४ बस्ने २१ वर्षीय रोहन बस्याललाई प्रहरीले पक्राउ गरेको छ । गए राति करिब ८ बजे नेपाल भारत सिमा नजिक बढैयाताल गाउँपालिका वडा १ शान्तीपुरमा शङ्कास्पद तरिकाले हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।