जेन्जी युवाले संचालन गरेको चिया मन्त्रको उद्घाटन
Friday, February 6th, 2026, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ माघ
जेन्जी युवा सुरेन्द्र विसी र सुशान्त जिसीले संचालन गरेको चिया मन्त्रको औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपालगन्ज कोरियनपुर बिटिएस रोडमा रहेको चिया मन्त्रमा चियासँगै खाजाका विभिन्न परिकारहरु पाइन्छन् । नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले चिया मन्त्रको उद्घाटन गर्नु भएको हो ।
नगरप्रमुख विष्टले स्वदेशमा रोजगारी सृजना गर्न सकिन्छ भनेर नेपालगन्जका जेन्जी युवाले उदाहरण दिनु भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘म निकै खुसी छु । दुई जना युवाले यो उत्कृष्ट कार्यको सुरुआत गर्नु भएको छ । युवाहरुले पछिल्लो समय यस्ता ठाउँमा चिया, खाजा खान, गफ गर्न मन पराउनु हुन्छ । चिया मन्त्रको दुबै जना संचालकलाई म बधाई तथा शुभकामना दिन चाहन्छु । युवा उद्यमीको व्यवसायलाई प्रवद्र्धन गर्ने नीति बनाएर हामीले काम गर्नेछौं ।’

…………..
युवाहरुलाई खुला वातावरणमा चिया पिउनको लागि उपयुक्त ठाउँको आवश्यकता पुरा गर्नको लागि चिया मन्त्रको सुरुआत गरेको सुरेन्द्र विसीले बताउनु भयो । उहाँले भन्नु भयो,‘युवाले अहिले नयाँ स्वाद र वातावरणमा चिया पिउन रुचाउँछन् । काठमाडौंमा घुम्न भएको बेला देखेको कुरालाई हामीले यहाँ सुरुआत गर्न खोजेका हौं । यहाँ युवाहरुले कम खर्चमा स्वादिष्ट चिया र खाँजा खान सक्नुहुनेछ ।’
करिब १७ लाख भन्दा बढी रकम खर्च गरेर संचालन गरेको चिया मन्त्रको आम्दानीबाट आफुहरु उत्साही भएको अर्का संचालक सुशान्त जिसीले बताउनु भयो । हाल चिया मन्त्रमा सुरेन्द्र र सुशान्तसँग ८ जनाले काम गरिरहनु भएको छ ।