सामाजिक कार्य गरेर स्थापना दिवस मनाउँदैं भेरी सहकारी
Friday, March 13th, 2026, 8:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ फागुन
मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आफनो ३०औं स्थापना दिवस मनाउने तयारी गरेको छ । आज शनिबार भेरी सहकारी वित्तीय संस्था लिमिटेडले बृहत खुल्ला रक्तदान तथा दन्त शिविर कार्यक्रम गर्दैछ ।
नेपालगन्ज सुर्खेत रोड स्थित भेरी सहकारी वित्तीय संस्था लिमिटेडको कार्यालय परिसरमा हुन लागेको कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज ईन्नोभेटिबले समन्वयकारी भुमिका निर्वाह गरेको छ ।
कार्यक्रम आयोजना गर्न प्रादेशिक रक्त संचार केन्द्र र नेपाल डेन्टल क्लिनिक नेपालगन्ज बाँकेले प्राविधिक सहयोग गरेका छन् । यसैगरी संस्थाको स्थापना दिवसको अवसरमा चैत १ गते मानव सेवा आश्रममा सन्ध्याकालिन भोजन र मानव सेवा आश्रम भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने कार्यक्रममा रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेड व्यवस्थापक शोभा गुरुङले बताउनु भयो ।
बाँकेको पुरानो सहकारीमा पर्ने भेरी सहकारी वित्तीय संस्था लिमिटेडले स–साना पुँजीको संकलन गरेर समुदायमा लगानी गर्ने गरेको छ । आर्थिक रुपमा स्थानीय नागरिकलाई सक्षम बनाउने उद्देश्यले स्थापना भएको भेरी सहकारी वित्तीय संस्था लिमिटेडले समुदायमा हरेक वर्ष मानवीय र सामाजिक कार्यहरुमा पनि योगदान गर्दै आएको छ ।
बचतकर्ताको आर्थिक स्तर बृद्धि सँगै समुदायको विकासमामा संस्थाले योगदान गर्नु पर्छ भन्ने उद्देश्लयले हरेक वर्ष सामाजिक कार्य गर्दै आएको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको व्यवस्थापक गुरुङले बताउनु भयो ।