खजुरा प्रथम अशोक स्मृति फुटबल हुने
Saturday, May 2nd, 2026, 8:27 pm
Kalpristha
गणेश राई
खजुरा, १९ बैशाख
खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ । प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीले सहभागिता जनाउनेछन् । श्री दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोट्र्स क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता खजुरा डि गाउँ स्थित मिनी रंगशालामा संचालन हुनेछ ।
प्रतियोगिता वैशाख २७ गते देखि सञ्चालन गरिने आयोजक दि फेमस महिन्द्र दल गण भूपू अध्यक्ष कृष्ण लाल गिरीले बताउनु भयो । बाँके जिल्ला र पालिकामा दर्ता भएका १२ टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोट्र्स क्लबले जनाएको छ ।
नेपाली सेनामा कार्यरत रहेका अशोक बिक फुटबल खेलाडी समेत रहेका थिए । खेलाडी विकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार र उपविजेता टिमले नगद ३१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताउनु भयो ।
खेल नकआउट प्रक्रियामा सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगिताको प्रथम राशि मुख्य आयोजक महिन्द्र दल गढ भूपुले र दोस्रो पुरस्कार राशि स्वर्गीय अशोकका भाइ तथा न्यु डाफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्नेछन् ।
प्रतियोगितामा विधागत पुरस्कारहरू समेत प्रदान गरिने विकले जानकारी दिए । प्रतियोगितामा अल राउन्ड वेस्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिने छ । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँको दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १ हजार नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

………….
पत्रकार सम्मेलनमा भूपू समितिका पदाधिकारी, न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्री, पूर्व अध्यक्ष लोक बहादुर खत्री, निवर्तमान अध्यक्ष तिलकबिर सुनार लगायतले प्रतियोगितालाई सफल बनाउन अपिल गर्नु भएको थियो ।