ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृति कप फुटबलको उपाधि
Sunday, May 24th, 2026, 6:03 am
Kalpristha
गणेश राई
खजुरा, जेठ १० गते
ब्रदर्श एफसीले प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण भुपु टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा विवाद उत्पन्न भएका कारण जेठ ३ गते फाइनल हुने तय भएको प्रतियोगिता ढिला गरी सम्पन्न भएको थियो । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।

……..
टाइब्रेकरमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, समिर थापा, समिर राना र करण बैगारले गोल गर्नु भएको थियो । महेन्द्र दल गणको तर्फबाट राम बस्नेत, इन्द्रजित सुनार, आशिष घर्तीमगर र विधान विकले गोल गर्नु भयो । ब्रदर्शका करण बैगार प्लेयर अफ द फाइनल बने । प्रतियोगितामा ब्रदर्शका दिवस तामाङ्ग, उत्कृष्ट गोलकिपर महिन्द्र दल गणका प्रेम खत्री घोषित हुनु भयो ।

………..
प्रतियोगिताको विजेता ब्रदर्शले ५१ हजार रुपैयाँ, उपविजेता महिन्द्र दल गण भुपुले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीलाई खजुरा गाउँपालिका वडा नम्बर ४ अध्यक्ष टेक बहादुर रोकाय, आयोजक श्री दि फेमस महिन्द्र दल गण भु।पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनार लगायतले पुरस्कृत गर्नु भएको थियो ।

…….
श्री दि फेमस महिन्द्र दल गण भु।पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह–आयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भएको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको थियो ।

…….
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भएको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीले भाग लिनु भएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार रकम रु।५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको थियो ।
प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा– ११ ९आयोजक०, योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता थियो ।