सामाजिक कार्य गर्दै होटल द ग्यालेक्सी दरबारले मनायो १०औं वार्षिक उत्सव
Saturday, June 6th, 2026, 10:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ २३ गते

………

……..
विभिन्न सामाजिक कार्य गर्दै नेपालगन्ज धम्बोझीमा रहेको थ्री स्टार होटल द ग्यालेक्सी दरबार प्रालीले १०औं वार्षिक उत्सव मनाएको छ । नेपालगन्ज धम्बोझीमा रहेको थ्री स्टार होटल द ग्यालेक्सी दरबार प्रालीले बिहान बागेश्वरी मन्दिर परिसरमा सरसफाई, मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम र कर्मचारीहरुलाई सम्मान कार्यक्रम गरेको थियो । १० वर्ष सेवा अवधि पुरा गर्ने अपरेशनल म्यानेजर हस्त बहादुर विक र इलेक्टिसियन हरिराम थारुलाई होटल द ग्यालेक्सी दरबार प्रालीका प्रबन्ध निर्देशक प्रशान्त लामिछाने सम्मान गर्नु भएको थियो ।
त्यस्तै फुड एण्ड वेभरेज म्यानेजर पुर्ण बहादुर विक, किचन एक्जुकेटिभ सेफ धनराज विक, सहायक सेफ जंग बहादुर थारु, हाउस किपिङ सन्तोष कुमार धोवी प्रबन्ध निर्देशक लामिछानेले सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रममा होटलमा कार्यरत सम्पुर्ण कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
द ग्यालेक्सी दरबार प्रालीका प्रबन्ध निर्देशक प्रशान्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा होटलमा विभिन्न विभागमा काम गर्ने कर्मचारीको योगदानको सम्मान गर्दै पुरस्कृत गरिएको हो । उत्कृष्ट सेवासँगैं द ग्यालेक्सी दरबारलाई चिकेनको विशेष परिकारहरु सहितको जिकेएफसी, इलि कफी र बासकिन रोबिन आइसक्रिम पाइने होटलका रुपमा चर्चित छ । ग्यालेक्सीले संचालन गरेको ग्यालेक्सी रेष्टुरेन्ट र जिकेएफसी क्याफे नेपालगन्जको उत्कृष्ट क्याफेमा पर्छ । यसैगरी १०औं वार्षिक उत्सवको अवसरमा ग्राहकलाई विशेष अफर प्रदान गरिएको अपरेशन म्यानेजर हस्त बहादुर विकले बताउनु भयो । १० दिन सम्म अर्थात जेठको २० गतेदेखि ३० गते सम्म जिकेएफसी क्याफेमा ३५ प्रतिसत छुट, ग्यालेक्सी रेष्टुरेन्टमा २० प्रतिसत छुट दिइएको छ ।