धम्बोझीमा राष्ट्रिय स्तरको नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज हुँदैं
Thursday, June 18th, 2026, 10:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
नेपालगन्जमा राष्ट्रियस्तरको ‘नेपालगन्ज पम्प ट्र्याक च्यालेन्ज’ हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिका, बाँके जिल्ला साइक्लिङ संघ, नेपालगन्ज साइक्लिङ क्लवको सहकार्यमा नेपालगन्ज बाइसाइकल प्रालिले आयोजना गरेको नेपालगन्ज पम्प ट्रयाक च्यालेन्जमा देशभरबाट ३५ जना खेलाडीले भाग लिदैछन् ।
साइकल पम्प ट्र्याक देशभरमै नेपालगन्ज र ललितपुरमा मात्रै रहेको छ । देशभर संरचना नभएकाले यो खेलमा धेरै खेलाडी छैनन् । नेपालगन्ज बाइसाइकल प्रालिका निर्देशक गगन थापाका अनुसार प्रतियोगितामा उमेर अनुसार विभिन्न ६ वटा विधामा रहेका छन् । प्रतियोगिताले नेपालगन्ज पम्प ट्र्याकको विकास, प्रचार प्रसार, नयाँ प्रतिभाको खोजी तथा खेल पर्यटन प्रवर्दनमा सघाउ पुर्याउने थापाले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले पम्प ट्रयाक बनेपछि साइकल चलाउने तथा व्यवसायिक खेलाडी हुन इच्छा राख्नेको संख्या बढिरहेको बताए । उनले प्रतियोगिताले युवामा खेल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्दन, वातावरणमैत्री यातायातप्रति आकर्षण अभिबृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्न सहयोग पुग्ने बताए । प्रतियोगिता असार ६ गते हुनेछ ।