सकियो नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको वृक्षरोपण अभियान
Tuesday, August 25th, 2026, 11:08 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ८ भदौं
नेपाल र क्यानाडा बिचको सम्बन्धलाई सुमधर बनाउँदैं सामाजिक कार्य गरिरहेको नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित लाँकुरीभञ्ज्याङमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्यानाडा दिवस(१जुलाई)को दिन शुभारम्भ गरिएको वृक्षरोपण अभियान भदौं ७ गते समापन गरिएको हो । वृक्षरोपण अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानमा करिब ५ सय विभिन्न प्रजाती फलफुलका विरुवाहरु रोपिएको नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्ष निरोज मास्केले बताउनु भयो । उहाँले भन्नु भयो, ‘वृक्षरोपण अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव, संघ, संस्था र संघका साथीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । सबैको सहयोगले हामीले उत्कृष्ट सामाजिक अभियानलाई सफल बनाएको छौं ।’

……….
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले यसअघि पनि नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै दुई देशको सम्बन्धलाई प्रगाढ बनाउँदै आएको छ ।
भदौ ७ गते भएको वृक्षरोपण अभियानको समापन कार्यक्रममा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेल विवसले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कोषाध्यक्ष मन्दिरा भण्डारीले स्वागत मन्त्व्य राख्नु भएको थियो ।
प्रकति संरक्षणको क्षेत्रमा संघले उत्कृष्ट कार्य गरेको बताउँदैं कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, बेल्जियमको लागि कन्सुलर आङछिरिङ शेर्पा, वरिष्ठ सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले संघलाई धन्यवाद दिनु भएको थियो । बेल्जियमको लागि कन्सुलर आङछिरिङ शेर्पा र वरिष्ठ सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ संघको सल्लाहाकार र पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ संघको संरक्षण हुनुहुन्छ ।
कार्यक्रममा वृक्षरोपणका कारण प्रकृतिको संरक्षण र वातावरणको संरक्षणका सम्वन्धमा सहभागीहरुवीच अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले वृक्षरोपणमार्फत प्रकृतिसँग अझै नजिकको सम्बन्ध स्थापित गर्न सबैलाई आह्वान गर्नु भयो । उहाँले मानव लगायतको प्राणीको जीवनसंग वृक्षरोपण र प्रकृतिको निकै महत्व रहेको वताउनु भयो ।

…………
कार्यक्रममा बेल्जियमको लागि कन्सुलर आङछिरिङ शेर्पाले वनजंगलको संरक्षणले सम्पूर्ण जीवित प्राणीहरूको कल्याणमा योगदान पु¥याउनुको साथै वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने बताउनु भयो । संघको अध्यक्ष निरोज मास्केले आज रोपिएको एउटा सानो बिरुवाले भविष्यमा हजारौँ मानिसलाई छहारी तथा लाभ प्रदान गर्न सक्नेमा जोड दिँदै आगामी दिनहरूमा सामाजिक कार्यक्रमहरू आयोजना गर्न संघ प्रतिबद्ध रहेको बताउनु भयो ।