गुरुकुल सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
Sunday, August 30th, 2026, 9:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ भदौं
बाँकेमा उत्कृष्ट सहकारीको रुपमा परिचित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित भएको साधारणसभामा वार्षिकमा गरिएका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षको लागि नयाँ रणनितिहरु निर्माणको लागि समेत सुझाव संकलन गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रदीप चौधरीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि तथा संस्थाकी ज्येष्ठ सदस्य गिरीजा श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदनअनुसार संस्थाले सदस्यहरूमा १० करोड २१ लाख १५ हजार ५ सय ३७ रुपैयाँ ९७ पैसा कर्जा लगानी गरेको जनाएको छ।

………..
संस्थाको शेयर पुँजी १ करोड १५ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने सदस्यबाट संकलित निक्षेप ९ करोड ५४ लाख ३४ हजार ३ सय ९४ रुपैयाँ ८३ पैसा रहेको छ। प्रतिवेदनमा संस्थाको कुल कारोबार १३ करोड ८५ लाख २३ हजार ४ सय ६१ रुपैयाँ ४६ पैसा पुगेको उल्लेख गरिएको छ।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरू तथा संस्थाको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साधारणसभाले आगामी वर्षका नीति, योजना तथा कार्यक्रमहरू अनुमोदन गर्दै सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रबन्धक टिकाराम चौधरीले बताउनु भयो ।