महाविधेशन प्रतिनिधिमा पराजित हुने बाँके कांग्रेसका ‘ह्याबी वेट’ नेता
Thursday, October 1st, 2026, 7:12 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा पूर्व सांसद देखि लिएर वर्तमान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पराजित हुनु भएको छ । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको प्रभावशाली नेता मानिने पूर्व सांसद आशा विक पराजित हुनु भएको हो । बाँकेमा यसपटक महाधिवेशन प्रतिनितिमा पराजित हुनु उहाँ उच्च पदमा पुगेको नेता हो ।
समानुपातिक कोटाबाट दुई पटक सांसद बन्न सफल विकलाई युवा नेता पुष्पा सुनारले हराउनु भएको हो । दलित कोटाबाट १ जना उम्मेदवारको लागि आशा विक, पुष्पा कुमारी सुनार र संगिता रजकको उम्मेदवारी परेको थियो । जसमा पुष्पा सुनारले सर्वाधिक २ सय ६७ मत प्राप्त गर्दा, आशा विकले १ सय ९२ र संगिता रजकले ८४ मत पाउनु भयो ।
१० जना खुला तर्फ महाधिवेशन प्रतिनिधिको २० जनाको उम्मेदवारी परेकोमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ पराजित हुनु भएको हो । खुला तर्फको प्रतिस्पर्धामा नेपाली कांग्रेस बाँकेका सह–सचिव बिनोद थारु, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (ख) सभापति राजेन्द्र आचार्य तथा कांग्रेसका प्रभावशाली नेता कृष्ण विक रसाईली पनि पराजित हुनु भएको छ ।
यसैगरी महिला तर्फको ४ जना महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव पनि पराजित हुनु भयो । उक्त समुहबाट उमा कुमारी थापा, गिता गोदार क्षेत्री, निर्मला रोकाय र भावना चौधरीले जित हासिल गर्नु भएको छ ।
यसैगरी बाँके क्षेत्र नम्बर २ मा भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा वर्तमान लुम्बिनी प्रदेश सभा सदस्यहरु समेत पराजित भएका छन् । क्षेत्र नम्बर २ को निर्वाचनमा माया पुन, सुशिला नेपाली वादी, मिना सिद्दिकी र निवर्तमान प्रदेश सभा सदस्य याकुव अन्सारी (गोब्रे) पनि पराजित हुनु भएको छ ।
त्यस्तै अन्य प्रभावशाली नेतामा पर्ने निरन्जन सिंह सिजापति, सुदिप नर्सिङ्ग राणा र ललित रौनियार पनि पराजित हुनु भएको छ । बाँके क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको निर्वाचनमा खुला तर्फ नेपाली कांग्रेस बाँके सचिव सुधान्सु कोइरालाले सर्वाधिक मत र महिला तर्फ निर्वतमान उपमेयर उमा थापा मगरले सर्वाधिक मत पाउनु भएको थियो । त्यस्तै खुला तर्फको १० जनाको लागि भएको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट हारको नजिक पुग्नु भएको थियो । अन्तिम १० जनामा परेर उहाँ महाधिवेशन प्रतिनिधिको लागि छनोट हुनु भएको छ ।