श्री मावि शाहपुर्वाका अवकाश प्राप्त प्रअ खाँलाई बिदाइ, नवनियुक्त प्रअलाई स्वागत
Saturday, October 10th, 2026, 7:20 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाको अवकाश प्राप्त प्रधानाध्यापक बद्रे आलम खाँलाईबिदाई तथा सम्मान गरिएको छ ।अवकाश प्राप्त प्रधानाध्यापक खाँले ४० वर्ष १ महिना २१ दिन अवधी पुरा गरेको अवसरमा श्री माध्यमिक विद्यालय, शाहपुर्वाले शुक्रबार आयोजना गरेको औपचारिक कार्यक्रमका बिच फुलमाला र मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरिएको हो ।
सोहिबिच कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई फुलमाला सहित दोसल्ला ओढाएर बधाई तथा स्वागत गर्दै पद हस्तान्तरण गरेका छन ।डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत आठौं सञ्जय कुमार कर्णको प्रमुख अतिथी र डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलको विशिष्ट अतिथिमा सम्मान तथा विदाई कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा अवकाश प्राप्त प्रधानाध्यापकलाई बिदाई गर्दै डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत आठौं सञ्जय कुमार कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश–जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।
अवकाश प्राप्त प्रअ। खाँले आफ्नो शैक्षिक अनुभव सङ्ग्रहित गरी नयाँ पुस्तामाझ ल्याउनुपर्नेमा जोड दिए । उहाँले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पुर्याउने बताए ।

……….
विद्यालयका शिक्षक खुमराज बोहोराले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्नु खाँ पठानले समापन गरेको कार्यक्रममा विभिन्न मदरसा, गुरुकुल र विद्यालयका प्रधानाध्यापकद्वयहरु, शिक्षक, अभिभावक, विद्यार्थी तथा कर्मचारीको बाक्लो सहभागी रहेको थियो ।