न्यू दर्पण र ब्रदर्श विजयी
Thursday, October 15th, 2026, 6:38 pm
Kalpristha
बाँकेको खजुरामा रहेको मिनी रंगशालामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ बिहीबार दुई खेल सम्पन्न भएका छन् ।
बुधबार सम्पन्न दुई खेलमा न्यू दर्पण युवा स्पोट्स क्लब ई गाउँ र ब्रोदर्स एफसी डि गाउँ विजयी भए । २९ गते बिहीबार सम्पन्न पहिलो खेलमा न्यू दर्पणले आयोजक ए टिमलाई शून्यका विरुद्ध २ गोल गरी पाखा लगायो । न्यू दर्पणका तर्फबाट जर्सी नम्बर १० का विनोद चन्द र जर्सी नम्बर ७ का विमल बस्नेतले १/१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विनोद चन्द घोषित भए ।
उनले खजुरा मार्टको सौजन्यमा नगद र मायाको चिनो पाए । यस्तै दोस्रो खेलमा न्यू हिमालय स्पोट्स क्लबलाई हराउँदै ब्रोदर्स एफसी डि गाउँले सेमिफाइनल यात्रा तय गरेको हो । ब्रोदर्स एफसीका तर्फबाट जर्सी नम्बर १७ का विपिन सिजाली र जर्सी नम्बर १० का सञ्जीव शाहीले बराबर १/१ गोलको योगदान दिए ।
३० गते शुक्रबार पनि दुई खेल हुने छन् । पहिलो खेल अप्सरा एफसी र भद्रकाली स्पोट्स क्लब बीच हुनेछ भने दोस्रो खेल जय किसान स्पोट्स क्लब र न्यू दर्पण युवा स्पोट्स क्लब बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए । क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन ।
प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने छ । असोज २५ देखि सुरु भएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए ।