संजिविनी कलेज अफ मेडिकल नेपालगन्जमा सुत्केरी मृत्यु प्रकरण छलफल निष्कर्शविहिन
Monday, November 16th, 2026, 10:23 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, ३० कात्तिक
संजिविनी कलेज अफ मेडिकल नेपालगन्जमामा ४ दिनअघि अस्पतालमा उपचार्थ ७ महिने बर्दियाकी २० बर्षीय सुत्केरीको मृत्युपछि सहमतीका लागि बसेको छलफल निष्कर्शविहिन भएको छ। बर्दिया बढैयाताल ७ की २० बर्षीय पवित्रा केसीको सुत्केरी अपरेशन भएको ४ दिनपछि आज विहान मृत्यु भएपछि घटना छानविन, दोषिमाथि कारवाहि र क्षतिपूर्ति बिषयमा बसेको छलफल टुङ्गो नलागेपछि विवाद झन बढेको छ । मृतकका परिवारले राखेको मागका बिषयमा अस्पताल प्रशासन मौन र निर्णय नगर्दा मृतकका आफन्त आक्रोशित भएका छन् ।

…………
अस्पताल प्रशासनले घटनाको छानविनमा सहयोग गर्ने र उपचारमा लागेको खर्च मिनाहसम्म गर्ने मौखिक जानकारी मात्रै गराएको छ। पेटमा रहेको जुम्ले ७ महिने बच्चाले दिशा खाएको भन्दै कार्तिक २६ गते संजिविनी मेडिकलमा केसीलाई भर्ना गरिएको थियो । २७ गते शुक्रबार अपरेशन गरेर ७ महिना शिशु निकालिएको र त्यसपछि रक्तश्राव नरोकिएको भन्दै हिजो २८ गते परिवारलाई जानकारी नदिई पाठेघर समेत फालिएको आरोप छ।अपेरेशनपछि आईसियुमा राखिएकी सुत्केरी केसीको आईतवार विहान मात्रै अस्पतालले मृत्यु भएको थियो । ४ दिनसम्मको उपचारको जानकारी नदिएको र अस्पतालले लापरबाही गरेको आफन्तको आरोप छ। ७ महिने जुम्ले दुई शिशुको आईसियुमा राखेर उपचार भैईरहेको छ।