पत्रकारलाई धम्की दिएको घटना प्रति युनियनको ध्यानाकर्षण
Sunday, June 13th, 2021, 12:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० जेठ
नेपालगन्ज उप–महानगरपालिका १८ का वडा अध्यक्ष दिपक बर्माले समाचार लेखेको विषयलाई लिएर पत्रकार संगीता पाठक (सन्ध्या) लाई धम्की दिएको भन्ने आरोपका बारेमा नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण भएको जनाएको छ ।
वडामा भएको विकास निर्माणको गुणस्तरीयताको बारेमा खेलिएको समाचारको विषयलाई लिएर अध्यक्ष बर्माले नेपाल प्रेस युनियन बाँके शाखा सदस्य एवम् नील खबर डटकमकी पत्रकार संगीतालाई धम्की दिएको प्रेस युनियन बाँकेका सचिव विजय मल्लले बताएका छन । युनियनले विज्ञप्ती जारी गर्दै उक्त घटना प्रति ध्यानाकर्षण भएको बताएको छ ।
नील खबर अनलाईनमा जेठ २८ गते शुक्रबार ‘नेपालगन्ज–१८ मा बाटोको बीचमा ढलः सडक दुर्घटना हुनसक्ने खतरा, सम्बन्धित निकायले चासो देखाएन’ शीर्षकमा प्रकाशित समाचारप्रति असन्तुष्टि प्रकट गर्दै वडाअध्यक्ष बर्माले पत्रकार पाठकलाई टेलिफोनमार्फत धम्कि दिएको पीडित पत्रकारले जानकारी दिएको प्रेस युनियन बाँकेका सचिव विजय मल्लले बताएका छन । उनले भने,‘उक्त घटनाले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको र समाचार लेखेकै कारण वडाअध्यक्षले पत्रकारलाई धम्क्याउने कार्यको घोर भत्र्सना गर्दै समाचारप्रति असन्तुष्टि भए कानूनी बाटो अपनाउनुको साटो पत्रकारमाथि दवाव सिर्जना गरि धम्क्याउनु कार्य निन्दनीय छ ।आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछौं ।’