यही जोडीले अभिनय गरेको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । यो भिडियोलाई पनि दर्शकले रुचाइरहेका छन् । अनौठो कुरा के छ भने, यो जोडीलाई लिएर आजसम्म कसैले चलचित्र बनाउने तयारी भने गरेको छैन । प्रकृती बिहे गरेर अष्ट्रेलिया गएपछि यो जोडी एकसाथ चलचित्रमा देखिन समस्या भएको हो । तर, प्रकृतीले चलचित्र ‘बिहे पास’बाट चलचित्रमा कमब्याक गरिसकेकी छिन् । म्यूजिक भिडियोमा निकै नै रुचाइएको पल र प्रकृतीको जोडी चलचित्रमा आउँदा, दर्शकमा पक्कै पनि एकप्रकारको उत्साह त हुने नै छ । तर, यो जोडीलाई ठूलो पर्दामा देखाउन कुन निर्माता अघि सर्लान् त ?







