संयुक्त वक्तव्य दिन नेपाललाई ओलीपक्षको प्रस्ताव
Sunday, July 4th, 2021, 3:06 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, २० असार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेलले नेता माधव नेपालसँग संयुक्त वक्तव्य सार्वजनिक गर्ने प्रस्ताव गरेका छन् । आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेका उनीहरुले ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य दिन प्रस्ताव गरे । नेता नेपाल त्यसमा तयार देखिएका छन् । दुबै पक्षका नेताहरुको कार्यदललाई वक्तव्यको मस्यौदा बनाएर ल्याउन उनले आग्रह समेत गरेका छन् । माधव नेपाल पक्षमा रहेका उपमहासचिव घनश्याम भुसाल पनि भेटमा सहभागी थिए ।
तर ओली पक्षका नेताहरुले भने कार्यदल त निश्क्रिय रहेको जवाफ दिएको स्रोतले बताएको छ । उनीहरुले कार्यदल ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए । उपमहासचिव भुसाल पनि कार्यदल ब्यूँताउने प्रयोजनका लागि भेट्न नेता नेपाललाई आग्रह गरेका थिए । तर ओली पक्षका नेताहरुले कार्यदल ब्यूँताउने विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्नुपर्ने बताएपछि थप कुराकानी हुन सकेन । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले पुनर्स्थापित भएयता अध्यक्ष ओली र नेपाल पक्षबीच विवाद चल्दै आएको छ ।