ट्रम्पको आदेश तत्काल कार्यन्वयन नगर्नु भन्ने ती न्यायाधीशको आदेशसँगै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश निष्प्रभावी भएको छ । योसँगै राष्ट्रपति ट्रम्पले न्यायाधीश बिरुद्ध ट्वीटरमार्फत् कडा आलोचना गरेको छन् भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसअघि जारी गरेका आदेश स्थगन गरेको घोषणा गरेको छ ।
ट्रम्पको आदेशलाई बदर गर्ने अदालतको आदेशसँगै अब आप्रवासीलाई भिषा प्रदान गर्ने नीति पुरानै अबस्थामा फर्किएको छ । परिवर्तित परिस्थिीतिसँगै बिमान कम्पनीहरुले प्रतिबन्धित भएका सातवटा देशका यात्रुहरु पनि बोक्न थालेका छन्होमल्याण्ड सेक्युरिटीले यसअघि राष्ट्रपतिले जारी गरेको आदेश कार्यन्वनय गर्नु नपर्ने भन्दै ट्रम्पको आदेशमार्फत् बदर भएका अमेरिकी भिषाहरु पुर्नस्थापित गरेको घोषणा गरेको छ ।
स्टेट डिपार्टमेन्टले ट्रम्पको आदेशपछि एक साताको अबधिमा करिव ६० हजार भिषा रद्द गरिसकेको थियो जुन पुनःस्थापित भएको बताइएको छ ।