अविष्मरणिय सन्तानेश्वरको यात्रा
Thursday, August 5th, 2021, 12:13 pm
Kalpristha
तर हामीले हाम्रो निर्णयलाई स्थगित गरेनौ । पुनः सन्तानेश्वर जाने निर्णय गरियो । जसअनुसार गत साउन १६ गते शनिबार हामी सन्तानेश्वर जाने कुरा भयो र फेरि योजनाबद्ध रुपमा सबै तयारी भयो ।
समिर शाही
पछिल्लो समयमा बाँकेको सन्तानेश्वर मन्दिर निकै चर्चामा रहेको छ । सन्तानेश्वर महादेव मन्दिर नरैनापुर गाउँपालिका–५, वेदिहिवा चुरेपहाडमा अवस्थित छ । केहि समय अघिदेखि विभिन्न सामाजिक सञ्जालबाट यस मन्दिरको प्रख्यात बढेको हो ।
हालको समयमा सन्तानेश्वर मन्दिरमा बाँके, बर्दिया, सुर्खेत, दाङलगायत नेपालका विभिन्न स्थानबाट घुम्न आउने मानिसहरुको तस्बिर सामाजिक संजालमा प्रसस्त देखिन्छ । साथै भारतका विभिन्न स्थानबाट पनि आउने व्यक्तिको लहर कम नभएको मैले महसुस गरे ।
सन्तानेश्वर मन्दिरको प्रचारप्रसार प्रसस्तरुपमा सामाजिक संजालमा देखेपछि मैलेपनि सन्तानेश्वर मन्दिर जाने योजना बनाए । तर सन्तानेश्वरको यात्राका बारेमा म अनविज्ञता थिए ।
मेरो योजनाअनुरुप साथीहरुसँग मैले कुरा गर्दा सबैले आत्मसाथ गर्दै जाने निर्णय गरियो । जसअनुरुप सबैको समय पाएकपर्ने गरी गत साउन ९ गते शनिबार सन्तानेश्वर जाने हाम्रो प्रतिबद्धता रह्यो ।
प्रतिबद्धताअनुरुप हामीले सन्तानेश्व जानका लागि सबै तयारी पूरा गर्दै शनिबार बिहानै निस्कनका लागि म तयार थिए । तर संयोकबस हामी जान सकेनौ । जसको कारण थियो, हामीमाझका एकजना साथी बिरामी पर्नुभयो ।
तर हामीले हाम्रो निर्णयलाई स्थगित गरेनौ । पुनः सन्तानेश्वर जाने निर्णय गरियो । जसअनुसार गत साउन १६ गते शनिबार हामी सन्तानेश्वर जाने कुरा भयो र फेरि योजनाबद्ध रुपमा सबै तयारी भयो ।
पहिलापटक सन्तानेश्वर जान हामी सकेनौ तर फेरि हाम्रो योजनाले सायद सन्तानेश्वर महादेशवलाई मेरो र मेरा साथीहरुको योजनालाई पूरा गर्न बाध्य बनायो । हामी सन्तानेश्वर जानका लागि सबैजना नेपालगन्जको बाँके गाउँमा जम्मा भयौ ।

सन्तानेश्वर जान शनिबारको दिन बिहान अनुमानित ११ बजे तिर हामी पाँचजनाले नेपालगन्जदेखि यात्रा सुरु ग¥यो । सन्तानेश्वर मन्दिर नेपालगन्जबाट झण्डै ३५ किलोमिटर पूर्वी–दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडी भेगमा रहेछ । नेपालगन्जदेखि झण्डै १ घण्टाको मोटरसाइकल यात्रामापछि हामी सन्तानेश्वर मन्दिर जाने ठाउँमा पुग्यौ । जहाँ ठुलो होडिंग बोर्ड लगाइएको थियो ।
शनिबारको दिन भएर होला सन्तानेश्वर जानेको घुइँचो धेरै थियो । पिच बाटोदेखि जंगलतर्फको केही समयको यात्रापछि सिमसिमे पानीले हाम्रो यात्रालाई रोक्न खोज्यो । सिमसिमे पानीको प्रवाह नगरी यात्रा निरन्तर दिने हामीले निर्णय ग¥यौ र अगाडि बढ्यौ ।
यात्रा बढ्दै जाँदा पानीले ठूलो रुप लिन थाल्यो । त्यतिकैमा रुखको फेदमा ओत लाग्ने निर्णय ग¥यौ र ओत लागीरहँदा पनि पानीले हामीलाई पुरै भिजाई सकेको थियो । हामीसँग पर्याप्त समय नभएकोले रुझ्दै जाने निर्णय ग¥यौ । हास्दै रमाउँदै हामी अगाडि बढ्यौ । जहाँसम्म मोटरसाइकल यात्रा गर्न सकिन्छ त्यहाँसम्म मोटरसाइकल लग्ने निर्णय हामीले ग¥यो ।
केही समयको यात्रापश्चात बाटो अप्ठयारो भएकोले मोटरसाइकल पार्किङ्गगरी हिड्दै जाने निर्णय ग¥यौ । बिच–बिचमा पसल भएकोले पार्किङ्ग गर्न हामीलाई सजिलो भयो । तर जहाँसम्म हामी पुगेका थियो उक्त ठाउँसम्म पुग्न पानीले हिलाम्मे बनाएको बाटोलाई हामीले छिचोलेको याद सायद सधैं स्मरण रहने छ ।
मानिसहरुको हजारौ सख्यांमा आवतजावत गरिरहेका थिए । पानी परेकोले बाटो चिप्लो भएको थियो । मानिसहरुको आवतजावत भएको हुँदा सबैसँग बाल्दै हास्दै यात्रालाई रमाइलो गर्दै निरन्तरता दियौं ।
पानी परेकाले सन्तानेश्वर जाने बाटोमा रहेको सानो खहरे खोलामा पानी भरिएको थियो । उक्त ठाउँमा केही यात्रीहरु स्कुटर बोकेर खोला तरिरहेको पनि दृश्य देखिया्े । यस्तै आउने जाने, महादेवको गीत गाउँदै हिड्ने, बाटोबाटोमा फोटो खिच्दै हिड्ने, एकअर्कालाई साहारा दिँदै हिड्ने व्यक्तिको बाटोमा कमी थिएन ।
लमसम एक घण्टा ३० मिनेटको हिँडाईपछि हामी सन्तानेश्वर महादेव मन्दिर रहेको फेदमा पुग्यो । मलगायत मेरा साथीहरुलाई लागेको थियो अब सन्तानेश्वर मन्दिर पुगियो । तर होइन रहेकाछ । त्यहा भएका व्यक्तिलाई सोध्दा उहाँहरुले डाँडाको बाटो देखाउँदै करिब एक घण्टा समय पैदल यात्रामा लाग्ने बताए । हामी थकित भएर होला कति टाढा रहेछ सन्तानेश्वर भन्ने लाग्यो ।
सोही स्थानमा धेरै मोटरसाइक पार्किंङ गरी राखिएका थिए । त्यहाँ दुई चारवटा पसल पनि थिए । तर उक्त ठाउँबाट बाटो भने पुरै उकोलो लाग्नु पर्दो रहेछ ।
अहिलेसम्म हामी त राम्रो बाटो हिड्दै आई रहेका रहेछौं भन्ने मलाई लाग्यो । अनि गन्तब्यतर्फ लाग्न हामी पहाडको ठाडो बाटोतर्फ लागियो । हिड्ने क्रममा हाम्रा साथी पत्रकार विक्रम बुढाक्षेत्रीलाई जुत्ता लगाएर हिँड्न अफ्टयारो भएछकी क्याहो उहाँले जुत्ता फुकालेर खाली खुट्टा हिँड्न सुरु गर्नु भयो । अचम्मत मलाई यो लाग्योकी उहाँलाई पानीले भिजेको त्यो जुक्ता बोक्न धेरै कठिनाई भएकोले उहाँले आफ्नो जुत्ता बाटोमा नै राख्नु भयो । उहाँले आफ्नो जुक्ता हराउँछ भनेर एउटा जुत्ता एक ठाउँमा र अर्को जुत्ता अर्को ठाउँमा राख्नु भयो । किनकी कसैले जुत्ता भेटायो भने एउटामात्र भेटाउँछ र लाँदैन भन्ने उहाँको तर्क थियो ।
सोही क्रममा हाम्रो यात्रा फेरि थप ४० मिनेट पुगिसकेका थियो । हामी अलि डाडामा पुगेका रहेछौं । त्यहाबाट तल हेर्दा तराइका भागहरु देखिन सुरु गरिसकेका थिए । अब मलाई लागि रहेको थियो कतै हामी स्वर्गमा त आएनौ किनकी अहिलेसम्मको करिब दुई घण्टा बढी यात्रालाई सुस्ताउने दृष्य देखन सुरु भएका थिए ।
सोही दृष्य हेर्दै हामी करिब पूरा तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेवको मन्दिर दर्शनका लागि पुग्यौ । दर्शनको लागी मानिसहरुको घुइँचो थियो । फेरि पनि पानी परिरहेको थियो । मन्दिर वरिपरी सबै भिर भएको हुँदा कतै चिप्लेर भिर तिर गइन्छ की भन्ने एउटा त्रास मेरो मनमा थियो । मन्दिर दर्शन गरी फर्कने निर्णय ग¥यौ र फर्कियौ । मानिसहरुको जमात थियो । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिर र वरिपरी हेर्दा देखिने हरियाली वातावरणमा मानिसहरु रमाई रहेका थिए । कोही गीत बजाएर नाचेर रमाई रहेका थिए । कोही टिकटक बनाइरहेका थिए । मानिसहरु पहाडको उकाले चढिरहँदा जति थकित देखिन्थे सन्तानेश्वर मन्दिर दर्शर गरेर फर्किदा उनीहरुमा त्योभन्दा बढी हर्षित, खुसि देखिन पुग्यो ।
हामीलाई पनि त्यस्तै भएको थियो । बिहानदेखि भोकै भएर होला सबैलाई भोकले धेरै सताई सकेको थियो । खाजा खाने निर्णय ग¥यौ । खाजा खायौ । समयको अभावले गर्दा बिस्तारै फर्किने निर्णय ग¥यौ ।
सन्तान नभएकाहरुले यहाँ गएर दर्शन गर्दा सन्तान लाभ हुन्छ भन्ने धार्मिक बिश्वास रहेको छ ।
तर मलाई एउटै कुराले पिरोलिरहेको थियो । म जस्ता हजारौ व्यक्ति सन्तानेश्वर मन्दिरको दर्शन एवम् त्यहाको वातावरणको लाभ उठाउन जाने गर्छन् । तर बाटोभरिको यात्रामा मैले धेरै ठाउँमा पलाष्टिकका फोहोरका थुर्पा र यत्रतत्र फालिएका फोहोर देखे । मलाई लाग्यो हामी घुम्न आउने क्रममा प्रकृतिलाई बिगारिरहेका रहेछौं ।
साच्चिकै प्रकृति आपंmैमा धेरै सुन्दर छ । तर हामीले त्यसलाई दुशित बनाइ रहेका रहेछौं, जस्ता कुराले मलाई कता कता पोलिरहेको छ ।