मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइयोः सांसद वली
Thursday, August 5th, 2021, 1:27 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल, २१ साउन
लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखीएको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै वलीले माओवादी केन्द्रमै रहेको बताएकी हुन् ।
साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन् । त्यस विचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको थियो । सोमबार आँफू एमालेमै रहेको भन्दै उनको नाममा विज्ञप्ती सार्वजनिक भएको थियो । यसलाई माओवादी केन्द्रले नक्कली विज्ञप्ती भनेको थियो । पत्रकार सम्मेलन गर्दै वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् । २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताएकी छन् ।

सांसद वलीको विज्ञप्ति

सांसद वलीको विज्ञप्ति