प्रवासी नेपाली मंच अमेरीकाको दोश्रो अधिबेसन उद्घाटन केपी ओलीले गर्ने
Monday, February 6th, 2017, 2:43 am
amit
टेक्सास (ड्यालस)– प्रवासी नेपाली मंच अमेरीकाको दोश्रो अधिबेसनको टुंगो लागेको छ ।
मंचले टेक्सासको ड्यालसमा आइतवार पत्रकार सम्मेलन गर्दै आगामी मार्च ३१ तारिख देखी अप्रिल २ तारिख सम्म मेरील्याण्डको बाल्टीमोरमा दोश्रो अधिबेसन सम्पन्न गरिने र अधिबेसनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री के पी शर्मा ओलीले गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रवासी नेपाली मंचको अधिबेसन भव्य रुपमा सम्पन्न गर्न १३ वटा बिभिन्न बिभागमा १ सय १ सदस्यिय अधिबेसन तयारी समिती समेत गठन गरिएको छ ।
सन २०१३ मा स्थापना भएको नेकपा एमाले निकट मंचको दोश्रो अधिबेसनको तयारी समिती अन्र्तगतको प्रचार उपसमिती संयोजक कमल ओझाद्धारा जारी गरिएको प्रेस बिज्ञप्तीका अनुसार मंचको अधिबेसनका लागी अमेरीकाका २२ राज्यहरुमा रहेका सदस्य, १५ राज्य समिती, ४ क्षेत्रीय समिती र १ केन्द्रिय समिती बाट करिब २ सय प्रतिनिधीको सहभागिता रहनेछ ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा मंचका सभापती संजय थापा, शंकर पन्त, टेक गुरुङ, टेकराज पौडेल, गोपाल कंडेल, प्रिती सागर खत्री, जनक राना, गोकर्ण दाहाल, बिजय भट्टराई, नन्द रेग्मी, देबी पाण्डे, भिम कार्की, जिवन जोशी लगायतको सहभागीता रहेको थियो ।
स्रोतका अनुसार आगामी अध्यक्षका लागी भिम कार्की, जनक राना, टेक गुरुङ, शंकर पन्त र प्रिती सागर खत्रीले आकांक्षा देखाएका छन् ।
पत्रकार सम्मेलनका तस्विरहरु-
तस्विर सौजन्य- ओम भट्टराई