नवौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा युनाईटेडलाई
Monday, February 6th, 2017, 6:03 am
amit
राम बहादुर रावत
कोहलपुर- बाँके क्षेत्र नं. १ विद्यालय स्तरिय खेलकुद तथा नवौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुरले उचालेको छ ।
बाँकेको कोहलपुरमा माघ २१ गते देखि सञ्चालन भएको नवौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुर प्रथम, सरस्वती मावि बैजापुर द्वितीय र ज्ञानज्योति मावि चप्परगौडि तृतीय भएको छ । प्रतियोगितामा छात्र भलिबल तर्फ उत्कृष्ट खेलाडि ब्राईटलाईट एकेडेमी कोहलपुरका क्षितिज थापा भएका छन् भने छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडिकी पुजा चौधरी भएकी छिन् । त्यस्तै एथ्लेटिक्सको उत्कृष्ट छात्र तर्फ लक्ष्मी मावि बर्दहवाका राजेश थारु भएका छन् भने छात्रा तर्फ सरस्वती मावि बैजापुरकी कमला जैसी भएकी छिन् ।
त्यस्तै कपर्दी छात्र तर्फ उत्कृष्ट पञ्चमुखी ई.मि. स्कुलका स ुरज केसी भएका छन् भने छात्रा तर्फ गोरर्खा युनाईटेड पब्लिक स्कुलकी मिसा चौधरी भएकी छिन् । साथै मार्च पासमा रामजानकी मावि
कोहलपुर प्रथम, ग्रिनपिस मावि कोहलपुर द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको छ । त्यस्तै आईतबार सम्पन्न भएको भलिबल प्रतियोगिता छात्र तर्फ ब्राईटलाईट एकेडेमी प्रथम, जनता मावि महादेवपुरी द्वितिय र कृष्ण मावि कोहलपुर तृतीय भएको छ भने छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडि प्रथम, साइनिङ्ग स्टार मावि द्वितीय र भुवर भवानी विनौना तृतीय भएको छ ।
कपर्दी छात्र तर्फ पञ्चमखी मावि प्रथम, बागेश्वरी एकेडेमी द्वितिय र लक्ष्मी मावि बर्दहवा तृतीय भएको छ भने छात्रा तर्फ गोरखा युनाईटेड पब्लिक स्कुल प्रथम, कृष्ण मावि द्वितीय र दुर्गाभवानी मावि कचनापुर तृतीय भएको छ । साथै हाईजम्प छात्र तर्फ सरस्वती मावि भवानीपुरका निरज कुमार थारु प्रथम, बागेश्वरी एकेडेमीका हिक्मत कठायत द्वितीय र तक्षशिला एकेडेमीका पुर्ण गिरी तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा युनाईटेड पब्लिक स्कुलकी विर्सन कुमाल, ज्ञानज्योति मावि चप्परगौडिकी पुजा चौधरी द्वितीय र गणेश मावि ढकेरीकी मुना रावत तृतीय भएकी छिन् ।
त्यस्तै ३ हजार दौड छात्र तर्फ सरस्वती मावि भवानीपुरका सागर चौधरी प्रथम, जनशक्ति मावि बैजापुरका लालविर थारु द्वितीय र पञ्चमुखी पब्लिक स्कुलका रविम बम तृतीय भएका छन् भने छात्रा तर्फ सरस्वती मावि भवानीपुरकी कमला जैसी प्रथम, गोरखा युनाईटेड पब्लिक स्कुलकी विर्सना कुमाल द्वितीय र त्रिभुवन मावि कोहलपुरकी पार्वती खड्का तृतीय भएकी छिन् ।
प्रतियोगितामा विजयी खेलाडिहरुलाई मेडल सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा क्षेत्र नम्बर १ मा रहेका ३९ वटा सरकारी तथा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए । सो प्रतियोगिताबाट प्रमथ र द्वितीय भएका खेलाडिहरुले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।