नेजाको साधारण सभा मे ६ र ७ मा वासिङ्टन डिसिमा हुंदै
Monday, February 6th, 2017, 8:38 am
amit
(टेक्सास) अष्टिन- नेपाल अमेरीका पत्रकार संघ (नेजा) को साधारण सभा आउंदो मे ६ र ७ तारिखमा हुने भएको छ ।
वासिङ्टन डिसीमा हुन लागेको एघारौं साधारण सभालाई मध्यनजर गर्दै नेजाले सदस्यता नविकरण तथा नयां सदस्यता बितरण पनि खुल्ला गरेको नेपाल अमेरीका पत्रकार संघ (नेजा)का महासचिव तोया दाहालले एक बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
आसन्न साधारण सभामा वार्षिक सांगठनिक गतिबीधी, आन्तरिक छलफल तथा भावी कार्ययोजनाका बिषयमा छलफल हुने बताइएको छ । साधारण सभामा मुख्य एजेण्डाको रुपमा विधान संसोधनको विषयले
प्राथमिकता पाउने छ भने नेजा सदस्यता विस्तार, संगठन विस्तार, वर्तमान तथा भविष्यका योजनाहरुबारेमा पनि विस्तृत छलफल हुने भएकोले यो साधारण सभा ऐतिहासिक हुने नेपाल अमेरीका पत्रकार संघका अध्यक्ष भोला आचार्यले बताउनुभयो ।
साधारण सभाका लागी मुल आयोजक समितीले आफ्नो सबै तयारी गरिसकेको र सभालाई थप आकर्षक बनाउन मनोरञ्जनात्मक कार्यक्रम पनि समाबेस गरिने नेजाले जनाएको छ । साधारण सभाबारे थप जानकारीका लागी गुणराज लुईटेल , संयोजक, एघारौं वार्षिक साधारण सभा तयारी समिति (703) 720-0360, गिरिश पोखरेल, संस्थापक अध्यक्ष तथा सल्लाहकार (202) 468-6910, भोला आचार्य, अध्यक्ष (202) 468-6910, तोया दाहाल, महासचिव (408) 830-6196 लाई सम्पर्क गर्न सकिने छ ।
यसैबीच महासचिव तोया दाहालद्धारा जारी गरिएको विज्ञप्तीमा दिवंगत पत्रकार कर्ण बोहोरीका श्रीमती ममता बोहोराका लागी नेजाको पहलमा संकलित रकम नेपाल पत्रकार महासंघ मार्फत हस्तानतरणको प्रक्रियामा रहेको र आर्थिक सहयोग संकलमा सक्रिय सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।