समस्या समाधानमा एमाले बाधक : प्रधानमन्त्री दाहाल
Sunday, December 18th, 2016, 5:46 pm
amit
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद चल्न नदिएर प्रतिपक्षी दलले संविधान कार्यान्वयन लगायत महत्वपूर्ण तीन वटा काममा अवरोध गरेको आरोप लगाउनुभएको छ ।
संविधान संशोधन प्रस्ताव, अख्तियारका निलम्बित प्रमुख बिरुद्धको महाअभियोग प्रस्ताव र चुनावको मिति घोषणा गर्न प्रतिपक्ष दलले रोकेको प्रधानमन्त्री दाहालको भनाई छ। माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण्मा सहभागी हुन बिराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै यी प्रस्ताव रोक्न खोज्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
प्रतिपक्षी दलले अनावश्यक रुपमा संसद अवरोध गरेर गैरलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन गरिरहेको भन्दै उहाँले यसवाट प्रतिपक्षी दललाई नै बढी नोक्सानी हुने उल्लेख गर्नुभयो ।
वैधानिक सरकारले संसदमा कुनै प्रस्तावै राख्न नपाउने जस्तो गरी प्रतिपक्षले बितण्डा मच्चाएको आरोप लगाउदै उहाँले संशोधन प्रस्तावमा मधेस केन्द्रित दलको समर्थन रहेको दाबी गर्नुभयोे । बर्तमान राजनीतिक गतिरोध अन्त्य भए लगत्तै चुनावको मिति घोषणा हुने प्रधानमन्त्री दाहालको भनाई छ ।