दोहरीका बादशाह, जसलाई रक्सीले डुबायो
Thursday, February 9th, 2017, 2:39 pm
amit
काठमाडौ, २७ माघ । धोका दिनेलाई के भनौा र खै तिमी हास भो मै बाचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइातिर कि लाउा माया मै तिर कि लाउ उहीतिर, निर नलाउ दुईतिर ।
यी र यस्तै लोकप्रिय लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउा सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् ।
साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा लालिचढेछ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे ।
उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्, मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।”
उनको गीतले धेरैको मन र मुटु छोएको छ । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् । तर उनी आफौलाई भने सुनपानीले छर्क मायालु, रुमाल धोको छु, वनमा काडा छ, मौरी फूलमाथि, दरौ सिरुबारी, जानेलाई जानदेउ मायाा, मिर्मिरेको घाम, हङकङ मलाया, धोका दिनेलाई के भनौा र खै र लमजुङ जाने दाइ जस्ता बढी मनपर्छ ।
लोकदोहरीका बादशाह मानिने परियार पारिवारिक कलह र रक्सीको नसामा आफ्नो सम्पुर्ण करियर डुबाउन पुगे । उनी अहिले जिल्ला स्तरिय कार्यक्रममा अक्कल झुक्कल देखिदै आएका छन ।
झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हैन पुरस्कार पनि दिलाएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौथो विभूषण, भारतको पुनाबाट प्राप्त डा अम्बर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् ।