विश्वासिलो पत्रिका हो कालपृष्ठ : उपमेयर थापामगर
Friday, October 1st, 2021, 10:37 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपालगन्ज उप-महानगरपालिकाका उपमेयर उमा थापामगरले कालपृष्ठ दैनिक नेपालगन्जमा उत्कृष्ठ सामग्रीसहित विश्वासिलो पत्रिकाको रुपमा स्थापित भएको बताएकी छन् । कालपृष्ठ दैनिकको नयाँ ग्राहक योजना अन्तर्गत सेतु विक चोकमा भएको नयाँ ग्राहकलाई स्वागत कार्यक्रममा उपमेयर थापामगरले सो कुरा बताएकी हुन् ।

टिसर्ट प्रदान गर्दै उपमयेर उमा थापामगर
अढाई दशकदेखि कालपृष्ठले निरन्तर पाठकहरुमा विश्वास आर्जन गर्दै आइरहेको र आगामी दिनमा पनि उक्त विश्वास कायम रहने विश्वास व्यक्त गरिन् । पछिल्लो समय नयाँ जोशका साथ कालपृष्ठ पाठकमाझ पुगिरहेकोमा आफूलाई खुसी लागेको उनको भनाइ छ ।

टिसर्ट प्रदान गर्दै उपमयेर उमा थापामगर
समय र प्रविधिको विकाससँगै पत्रकारितामा पनि नयाँ चुनौतिहरु थपिँदै आएको र ती चुनौतिहरुको सामना गर्दै अघि बढ्नुपर्ने थापामगरको सुझाव छ । अबको पत्रकारिताले एकमात्र माध्यम नभइ मल्टिमिडियामार्फत पाठकमाझ पुग्नुपर्ने आवश्यकता रहेको थापामगरले बताइन् । ‘अब पत्रिकालाई अनलाइन र डिजिटल माध्यममा पनि उत्तिकै मिहिनतका साथ पाठकमाझ लैजानुपर्छ । समयको मागलाई पनि ध्यानमा राखेर अघि बढ्दै समयसापेक्ष विषयवस्तुहरु पस्किँदै जाने हो भने कालपृष्ठलाई पाठकहरुले थप माया गर्दै जानुहुनेछ भन्ने विश्वास छ,’ थापामगरले भनिन् ।

टिसर्ट प्रदान गर्दै उपमयेर उमा थापामगर
सेतु विक चोकमा बनेका ग्राहकहरुमध्येबाट स्वर्गद्वारी इलेक्ट्रो सपका कमल बोहरा, केलमी नेपालगन्ज आउटलेटका सन्चालक रविन्द्र शाही, ब्ल्यू मिमोशा क्याफेका सन्चालक सचिन श्रेष्ठलाई उपमेयर उमा थापामगरको हातबाट टिसर्ट प्रदान गरिएको थियो । यसैगरी चोकमा भेटिएका करिब करिब तीन सय जनालाई पत्रिका निःशुल्क वितरण गरिएको थियो ।

कालपृष्ठ दैनिक पत्रिका पढ्दै
कालपृष्ठको नयाँ ग्राहक योजना असोज ३ गते संविधान दिवसको दिनबाट सुभारम्भ गरिएको थियो । शुक्रबारबाट कालपृष्ठको नयाँ ग्राहक योजनाको पहिलो संस्करण समापन गरिएको छ ।
यस अवधिमा एक सय जनाभन्दा बढी नयाँ ग्राहक थपिएका कालपृष्ठ दैनिक र कालपृष्ठ न्युज डट कमका प्रबन्ध निर्देशक कमल खत्रीले जानकारी दिएका छन् । नयाँ वार्षिक ग्राहक बन्ने व्यवसायीहरुको व्यवसायको विज्ञापन व्यवसायीको आवश्यकताअनुसार एक हप्ताका लागि पत्रिकाले निःशुल्क गर्ने उनले जानकारी दिएका छन् ।

कालपृष्ठ दैनिक पत्रिका पढ्दै
कालपृष्ठ दैनिकको अनलाइन संस्करण कालपृष्ठ न्युज डट कमका साथै भिडियो सामग्रीहरु युट्युबमा कालपृष्ठ टिभि मार्फत हेर्न र पढ्न सकिन्छ ।