शिवसेनाका अध्यक्ष गुरुङद्वारा राजीनामा
Wednesday, October 6th, 2021, 5:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
शिवसेना नेपाल बाँके एवं नेपाल शिवसेनाका नेपालगन्ज नगर अध्यक्ष विजय गुरुङले दुवै संगठनको जिम्मेवारीबाट राजीनामाको घोषणा गरेका छन् । जुडो खेलका प्रशिक्षकसमेत रहेका गुरुङले खेल क्षेत्रमै सक्रियता बढाउने उदेश्यले राजीनामा दिएको बताएका छन् ।
शिवसेना नेपाल राजनीतिक संगठन हो भने नेपाल शिवसेना धार्मिक संगठन हो । गुरुङ शिवसेना नेपालमा पाँच वर्षदेखि अध्यक्ष रहँदै आएका थिए भने नेपाल शिवसेनामा १५ वर्षदेखि अध्यक्ष थिए । लामो समय संगठनमा बसेर हिन्दु धर्मको सेवा गरेको र अबका दिनमा पनि सेवामै रहने गुरुङको भनाइ छ ।
आफ्नो कार्यकालमा संगठन विस्तारमा उल्लेखनिय काम भएको र सामाजिक उत्तरदायित्वका रुपमा रक्तदान लगायका कार्यक्रम गरिएको उनले जानकारी दिए । निरन्तर संगठन र धर्मको सेवा गरे पनि संगठनभित्रकै केही व्यक्तिहरुले त्यसको अवमुल्यन गर्न खोजेकोले पनि राजिनामा दिने निणर्यमा पुगेको गुरुङको भनाइ छ ।
जुडोका प्रशिक्षक रहेका गुरुङले खजुरामा एक क्लबमार्फत थुप्रै खेलाडीहरु तयार गरेका छन् । ॅअबको समय कुनै संगठनमा नबसेर धर्मको सेवा गर्छूं र खेलकै विकासमा केन्द्रित हुन्छु,’ गुरुङले कालपृष्ठसँग भने ।