सेनाले बालात्रिपुरासुन्दरी मन्दिरलाई दियो कम्बल र खाद्यान्न
Friday, October 8th, 2021, 3:53 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २२ असोज
नेपाली सेनाको सुलिगाडस्थित रामवाण गुल्मले श्री बालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा खाद्यान्न र कम्बल सहयोग गरेको छ । विजया दशमी लगायतका चाडपर्व र अन्य समयमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी भक्तजनहरु र मन्दिरका पुजारीहरुलाई ओढ्नका लागि कम्बल र खानको लागि खाद्यन्न सहयोग गरेको सेनाले जनाएको छ ।
शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको सुलिगाडस्थित सेनाको रामवाण गुल्मका सेनानी ईश्वर थापाले मन्दिरमै पुगेर सेनाको तर्फवाट २५ थान कम्बल र डेढ क्वीन्टल खाद्यन्न मन्दिरका पुजारी लक्ष्मी प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।
टाढा-टाढावाट मन्दिरमा आउने भक्तजनहरुका साथै पुजारीलाई समेत सहयोग पुगोस् भनेर कम्बल र खाद्यन्न हस्तान्तरण गरिएको सेनानी (मेजर) ईश्वर थापाले बताए । सधैं लोक हितकारी कार्य गर्दै आइरहेको नेपाली सेनाले पटक पटक मन्दिरलाई सहयोग गर्दै आइरहेको पुजारी उपाध्यायले प्रतिक्रिया दिए ।
पछिल्लो समय मन्दिरमा दर्शन गर्न आउने र मन्दिरमा बास बसेर ब्रत बस्नेहरुको लागि खाने सुत्ने व्यवस्था समेत मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । विभिन्न समयमा विभिन्न सहयोगीमनहरुले उपलब्ध गराउदै आएको सहयोगले दर्शनार्थीहरुलाई सहयोग पुग्ने गरेको छ ।