पत्रकार महासंघ बाँकेले गर्यो सम्मान र वीमा सम्झौता
Friday, October 8th, 2021, 3:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असोज
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले संचार सस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाकेले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष पोखरेलले संचार सस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेले विभिन्न व्यक्तिहरुलाई सम्मानसहित दशैंको सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा महासंघले चिकित्सकसहित एक दर्जन व्यक्तिहरुलाई सम्मान गरेको हो । सोही कार्यक्रममा बाँकेका तीन सय पत्रकारहरुको २ लाख बराबरको दुर्घटना वीमा सम्झौता पनि गरिएको छ ।
सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९-व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याब टेक्निसियन दिपक शर्मा, जे शर्मा मेडिकलका संचालक जीवन शर्मा रहेका छन् ।
यस्तै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज डिल्ली खड्का, गैससं महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दिपेन्द्र विष्टपनि सम्मानित भएका छन् । कोभिड महामारीमा पत्रकारहरुलाई पुयाएको विभिन्न खाले सहयोगको सह्राना गर्दै सम्मान गरिएको महासंघका सचिव कमल डाँगीले जानकारी दिए ।
महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोख्रेल, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायतले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।