कलाकार शिशिर अन्तर्राष्ट्रिय पुरस्काबाट पुरस्कृत
Saturday, October 9th, 2021, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
कोहलपुर निवासी चित्रकलाकार विक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् ।
लामो समय देखि चित्र कलाकारीतालाई कर्म बनाउँदै आएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । एक सय ६० प्रतियोगिलाई उछिन्दै शिशिरले उक्त पुरस्कार हासिल गरेका हुन् । पुरस्कारले आफुमा थप जिम्मेवारी र हौसला बढेको शिशिरले प्रतित्रिया दिएका छन् ।
कलाकारका लागि कलाकार अन्तर्राष्ट्रिय खुल्ला अनलाईन चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा विभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरूका आधारमा शिशिर पुरस्कृत भएका हुन् । नगेन न्यूज पब्लिकेसनले आयोजना गरेको उक्त प्रतियोगिता तथा प्रदर्शनी गत भदौ १२ गतेबाट सुरु भएको थियो ।
अन्तराष्ट्रिय चित्रकला प्रतियोगिता तथा प्रदर्शनीमा १५ देशका एक सय ६० प्रतियोगी, दुईजना अन्य कलाकार र पाँच जना निणर्ायक सहित एक सय ६७ कलाकारहरुको विभिन्न माध्यमबाट बनाईएका कलाकृतिहरू समावेश थिए ।
प्रतियोगिहरु मध्ये नेपालका शिशिरसहित विभिन्न देशका १२ जना कलाकार पुरस्कृत भएका छन् ।