७ नम्बर वडा बालविवाह मुक्त हुँदै
Sunday, October 24th, 2021, 6:59 pm
Kalpristha
राप्ती सोनारी, ७ कात्तिक(कालपृष्ठ)–राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ बालविवाह मुक्त हुने भएको छ । काक्तिक ११ गते वडाहरुलाई बालविवाह मुक्त वडा घोषणाको तयारी थालिएको वडा अध्यक्ष रामलखन थारुले बताए ।
वडामा प्लान ईन्टरनेश्नल र स्याक नेपालको विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया सरोकारवाला निकायहरुसँग समन्वय लगायतका कामलाई तिव्र पारेका छन् । स्याक नेपालकी प्रतिनिधि धन कुमारी थारुले वडामा बालबिवाह न्यूनिकरणको लागी गाउँगाउँ र टोलटोलमा किशोरी क्लव, बाल संरक्षण समिति, बाल क्लवहरु गठन गरी जनचेतना मुलक कार्यक्रम, सडक नाठक, घर दैलो, पम्पलेट टाँस्ने जस्ता कार्यक्रमहरु् संचालन गरिरहेको बताइन् ।
वडाध्यक्ष रामलखन थारुले कार्तिक ११ गते वडालाई बालबिवाह मुक्त वडा घोषणा गरी कार्ययोजना अनुसार काम गरीने र गाउँपालिका नमुना वडाको रुपमा विकास गर्ने दावी गरे । राप्ती सोनारी ७ लाई बालबिवाह मुक्त वडा घोषणा गर्न ४ वटा आधारमा अध्ययन गरिएको थियो । निति र कानुन व्यवस्था वडास कार्यालयमा १ वर्षको अवधीमा बिवाह दर्ताको तथ्याङ्क प्रहारी कार्यालयमा बालबिवाह विरुद्ध परेका उजुरी र बालबिवाह बारे वडाका सबै २४ टोल बस्तिमा र १५० घरदुरीमा सर्वेक्षण गरेर बालबिवाह बारे सर्बसाधारणको बुझाई र बालबिवाहको केस खोजि गरिरहेको थियो ।